डिभिजन प्रमुख जोशीको कारण खानेपानी तथा सरसफाइ डिभिजनका ३ जिल्लाका सयौँ योजना भद्रगोल, कमिसन मागेपछि सम्पन्न योजनाको भुक्तानी नै रोकियो

| पुस २३, २०७९ शनिबार

A A A
A A A

२३ पुस, रामेछाप । खानेपानी तथा सरसफाइ डिभिजन नं ४ रामेछापको काममा ठप्प भएको छ । रामेछापको मन्थलीबाट रामेछाप सहित दोलखा र सिन्धुली कार्य क्षेत्र बनाएर काम गर्दै आएको यस कार्यालयले चालु आर्थिक वर्षको चौमासिक प्रगति विवरण सार्वजनिक गर्नु पर्ने बेला काम भने शून्यको स्थितिमा देखिन्छ । 

 

कार्यालयको प्रगति नदेखिनुमा भने कर्मचारी अपुग भएको भन्दै डिभिजन प्रमुख हुपेन्द्रराज जोशी पन्छिन खोज्छन् । उनले झोकिँदै भने ‘काम हुँदै छ । कार्यालयमा कर्मचारी नै कम छन् । म एक्लै कता–कता कुद्नु, काम भइरहेको छ । प्रगति विवरण पुस मसान्त सम्म त, आउला नि ।’

 

डिभिजन प्रमुख आफूलाई सबै सूचना थाना नहुने भन्दै सूचना तथा जानकारी बुझ्न पुग्नेहरू सँग पनि अस्वाभाविक व्यवहार देखाउने गर्छन् । हाल कार्यालयले प्रदेश र सङ्घीय तर्फ गरी कूल २ सय ६३ वटा योजनाको काम धमाधम गर्नु पर्ने हो । तर, अधिकांश योजनाहरू अहिले पनि अलपत्र बनेका छन् । 

 

चालु आर्थिक वर्षको ७९÷८० मा यस कार्यालयमा प्रदेशतर्फ रामेछापमा ४४, दोलखामा ६४ र सिन्धुलीमा ४९ सहित एक सय ५७ वटा योजना रहेका छन् ।

 

डिभिजन प्रमुख जोशीको गत २ महिना अगाडि धादिङ सरुवा भएको पत्र आएको थियो । तर, प्रदेश सचिव स्तरको २०७९ मंसिर ७ बसेको बैठकले सरुवा बदर गरी जोशीलाई यथास्थानमा राख्ने निर्णय समेत गरेको छ । 

 

 

यसैले गर्दा पनि कार्यालयको काममा धेरै असर परेको स्रोतको दाबी छ । उहाँको सरुवा भएको थियो । अहिले फेरी यहाँ रहने पत्र आएको छ, उच्च स्रोत भन्छन् । सङ्घीय सशर्त तर्फ रामेछाप ४६,  दोलखामा ३८ र सिन्धुलीमा २२ वटा गरी कूल एक सय ६ वटा योजना रहेको कार्यालयका कर्मचारी केबी राणा मगरले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

कार्यालयमा सबै थोक भद्रगोल छ । कर्मचारी, इन्जिनियर फिल्डमा खटिन पनि छैनन् पर्याप्त छैनन् स्रोत भन्छन् । केही दिन यतादेखि उपभोक्ता समितिहरूले काम धमाधम हुनु पर्ने बेला कार्यालय प्रमुखको कारण काम हुन नसकेको गुनासो समेत गर्दै आएका छन् । 

 

‘योजना अलपत्र छन्, काम धमाधम हुनु पर्ने बेलामा काम ठप्प बनेका छन् । बजेट छैन, भनेर काम रोकिएको अवस्था छ, यो सबै कार्यालय प्रमुखको कारण हो एक समितिका अध्यक्षले नाम नखुलाउने सर्तमा भने ।

डिभिजन प्रमुख हुपेन्द्रराज जोशी

केही महिना अगाडि जिल्लाकै हाल सम्म ठुलो भ्रष्ट्राचार काण्डमा मूच्छिएपछि कार्यालयलाई माथिबाट बजेट आएको छैन । जसको असर यसको काम तथा योजनामा समेत प्रत्यक्ष परेको हो । 

 

यसमा कार्यालय प्रमुखले कदम चाल्नु पर्ने हो, तर कामै गर्दैनन्, हाकिमले काम नगरेपछि कर्मचारीले त, झन् गर्दैनन् यी मान्छेबाट आयोजनाको काम अब सम्भव देख्दिन खाँडादेवी गाउँपालिका नं ८  का वडा अध्यक्ष इन्द्रबहादुर तामाङले जिकिर गर्दै भने ।

 

‘यो मान्छे कस्तो भन्ने समेत नबुझ्ने डिभिजन प्रमुखबाट कसरी काम सम्भव हुन्छ । म, त्यो देख्दिन हाकिमले काम गर्दैनन् भन्ने कर्मचारी आफै भन्छन्, करडौंको योजना बजेट नभएर अलपत्र भएका छन्, अर्को मान्छे आए काम हुन्थ्यो कि, यो मान्छेले काम गर्दैन आक्रोशित हुँदै वडा अध्यक्ष तामाङले भने ।’

 

हाल इन्सिन डाँडा भलुवाजोर, मन्थली–कुनौरी देखि ५ लिफ्ट रहेको खानेपानी पानीको लिफ्ट टेस्ट भएर पनि बजेट अभावमा पानी वितरणको काम रोकिएको अध्यक्ष दीपक थापाले रामेछाप टाइम्सलाई बताए । 

 

‘काम अन्तिममा पुगेको छ । ४६ लाख भुक्तानी पनि भएको हो । तर, हाकिमले त्यस्तो गरी हाले । अहिले बजेट छैन । लिफ्ट टेस्ट त भयो । तर बजेट छैन वितरणको काम अलपत्रै छ थापाले भने ।’ 

 

त्यस्तै मन्थली ११ गेलु–नाटिला–तामाकोसी–नाटिला लिफ्ट खानेपानी पनि अलपत्र रहेको सम्बन्धित पक्षले जनाएको छ । स्रोतका अनुसार लुभुघाटमा १० लाखको पानी संरक्षण समितिको घर बनेको छ । जुन व्यक्तिकै नाममा रहेको जग्गामा बनेको छ ।

सो घरको समेत भुक्तानीमा कमिसन माग भएको हुँदा भुक्तानी हुन नसकेको उच्च स्रोतले रामेछाप टाइम्सलाई बताए । ‘संरक्षण घर बनेको छ । त्यो पनि व्यक्तिको जग्गामा, समितिको नाममा पनि छैन । यसको भुक्तानी हुन कमिसन माग भएको हुँदा त्यो पनि हुन सकेको छैन’ समिति निकट स्रोतले भन्यो । 

 

यसैबिच प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले सो कार्यालयको काम नभएको गुनासो आएका भन्दै भोलि आइतबार डिभिजन प्रमुखलाई बोलाएर थप बुझ्ने बताए । ‘काम नभएको गुनासो आएको छ । भोलि बोलाएर डिटेलमा बुझ्ने छु । के रहेछ । काम त, जसरी पनि गर्नु पर्‍यो त्यो वातावरण बनाउँछु प्रजिअ रेग्मीले भने ।’ 

 

यसलाई निरन्तर फलो गरिने छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));