नेपाल बार रामेछापको अध्यक्षमा प्रसाईँ, भन्छन् ‘न्यायलय प्रति नागरिकले हेर्ने दृष्टि फेर्न लाग्छु’ (भिडिओसहित)

| पुस २३, २०७९ शनिबार

A A A
A A A

२३ पुस, रामेछाप । नेपाल बार रामेछापको अध्यक्षमा पाण्डव प्रसाईँ मनोनीत भएका छन् । उनी सर्व सहमतिमै अध्यक्ष चुनिएका हुन् । 

 

आज शनिवार भएको बारको १४ औँ जिल्ला अधिवेशनले प्रसाईँको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति चयन गरेको प्रसाईँले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

नवनिर्वाचित अध्यक्ष प्रसाईँका अनुसार उपाध्यक्षमा राजेश बुढाथोकी र सचिवमा यादव प्रसाद दाहाल चयन भएका छन् । कोषाध्यक्षमा ईश्वरी श्रेष्ठले जिम्मेवारी पाएका छन् । सुदर्शन राय पार्षद् बनेका छन् । भने, शम्भु कुमार उप्रेती, रामहरि खत्री (केसी), नरेन्द्र श्रेष्ठ सदस्य बनेका छन् । 

 

 

निवर्तमान अध्यक्ष समेत रहेका विचारसिंह दोङ पदेन सदस्य भएका छन् । 

आगामी दुई वर्षे कार्यकालको लागि निर्वाचित भएका प्रसाईँको टिमले पछिल्लो समय न्यायालयमा देखिएको धमिलो पनलाई मेटाउन प्रमुख भूमिका खेल्ने रामेछाप टाइम्सलाई बताए । 

 

मानव अधिकारकर्मीको रूपमा समेत परिचित प्रसाईँले नागरिक र अदालतबिचको सहज सम्बन्धको लागि समन्वयकारी भूमिका खेल्ने भन्दै कानुन व्यवसाय र अदालत बिचको भूमिकामा पनि सहजता ल्याउने बताए । 

रामेछाप टाइम्ससंग कुराकानी गर्दै उनले अहिले भइरहेको भन्दा अझ राम्रो बनाउनको लागि अहम् भूमिका खेल्छु, नागरिक विश्वासलाई थप दरिलो र गर्विलो पार्न सधैँ लाग्नु भने ।

 

 

उनले जिल्लाको अदालतमा देशका अन्य अदालतको जस्तो नरहेको भन्दै अझ यसलाई राम्रो बनाउन लाग्नेमा जोड् दिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));