राष्ट्रिय सहकारी महासङ्घका सदस्य बस्नेतको निर्देशन : ‘सिस्टममा नचल्ने सहकारी छानी-छानी खारेज गरिदिनु,नत्र माथिबाटै गर्छौं’

| पुस २३, २०७९ शनिबार

A A A
A A A

२३ पुस, रामेछाप । राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक एवं नेफ्स्कुनका निवर्तमान अध्यक्ष डि‍वी बस्नेतले शूसासित् सहकारी सञ्चालन गर्न आग्रह गरेका छन् । उनले गलत तरिकाले सञ्चालित सहकारीहरू छानी–छानी कारबाही गर्न चेतावनी सहितको निर्देशन दिएका छन् । 

 

शनिवार मन्थलीमा आयोजित रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घको १५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महासङ्घका सञ्चालक समिति सदस्य बस्नेतले यस्तो बताएका हुन् । 

उनले सुशासित सहकारी आजको आवश्यकता रहेको भन्दै राम्रो काम गर्ने सहकारीहरू अनुगमन देखि नडराउने जिकिर गरे । 

 

 

चाँडै हुन लागेको जिल्ला स्तरियक सहकारीहरूको अनुगमन समितिले कडा अनुगमन गरी गलत तरिकाले चलेका सहकारीहरूलाई खारेज गरिदिन निर्देशन समेत दिए ।

 

उनले भने ‘अध्यक्षले राम्रोसँग अनुगमन÷कारबाहिर गर्नु भएन भने हामी आएर कारबाही गर्छौँ ।’ उनले थपे क्वान्टिटि मेम्बर लिएर बस्ने हैन । क्वालिटी मेम्बर बनाएर बस्ने हौँ ।

 

 

नेपाल सरकारको समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य समेत रहेका बस्नेतले आउँदो १८ गते सम्म नवीकरण नहुने सकहारीहरु महासङ्घले खारेज गर्न लागेको जानकारी दिँदै अब सहकारीहरू सही तरिकाले चल्न सुझाए । ‘सिस्टममा चल्ने हो । गलत तरिकाले चल्नेहरूको दिन गए अब ।’

 

के के भने बस्नेतले भिडिओमा हेर्नुहोस् । 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));