डिएसपी पराजुलीलाई रामेछाप उद्योग वाणिज्य सङ्घले गर्यो स्वागत : व्यवसायीका प्रहरीसँग गुनासै–गुनासा (भिडिओसहित)

| पुस २६, २०७९ मंगलबार

A A A
A A A

२५ पुस, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीलाई जिल्लाका व्यापार, व्यवसायीहरूले स्वागत गरेको छ । उनीहरूले व्यापार व्यवसाय सञ्चालन गर्दा आइपर्ने सुरक्षा तथा सामाग्री ओसार-पसार पर्ने गरेको बाधा÷अप्ठ्यारोलाई सहजता बनाउन जिल्ला प्रहरी प्रमुख (डिएसपी) को ध्यानाकर्षण समेत गरेका हुन् । 

 

 

सोमबार रामेछाप उद्योग वाणिज्य सङ्घको सचिवालयमा सङ्घका अध्यक्ष केशव प्रसाद घिमिरे सहित पदाधिकारीको टिमले (डिएसपी) पराजुलीलाई जिल्ला आएपछि पहिलो पटक स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको हो । खुल्ला छलफल तथा अन्तरक्रियामा व्यवसायीले डिएसपी पराजुलीलाई यहाँका समस्या सुनाएका हुन् । 

सङ्घका निवर्तमान अध्यक्ष श्याम थापा सहितको भेटघाट तथा छलफलमा सङ्घका पदाधिकारीहरूले हाल व्यापार, व्यवसाय सञ्चालन गर्दा आइपरेका समस्या, अन्यौलता र सडक अवरोध लगायतका बारेमा अन्तरक्रिया समेत गरेका थिए । 

 

छलफलमा बोल्दै निवर्तमान अध्यक्ष थापाले जिल्लामा सानो बजार रहेको सुनाउँदै साँघुरो सडक, सिन्धुलीबाट सवारी आवात–जावातमा अवरोध, साना गाडीमा सामाग्री ढुवानी गर्नु पर्ने बाध्यता, राति मात्रै मलवाहक गाडी चलाउँदा चालक र सहचालक पाउन कठिनाइ, होटेल राति ९ बजे नै बन्द गर्नु पर्ने बाध्यता रहेको जस्ता गुनासा सुनाए । 

 

उनले व्यपारीहरुले अझै पनि स्वस्फूर्त रूपमा सामान ल्याएर बिक्री,वितरण गर्न नसक्ने अवस्था रहेको तर्क गरे । 

 

त्यस्तै सङ्घका अध्यक्ष घिमिरेले पनि सोही कुरालाई जोड् दिँदै साना तथा यात्रु बाहक गाडीहरूको पनि मनलाग्दी तरिकाले छुट्ने गर्दा यात्रुलाई असहजता भएको बताए । उनले यात्रु नपाउँदा ५ बजे सम्म बस्ने तर,  यात्रु पाए दिनको २ बजे नै गाँडी नपाउने अवस्था रहेको बताए । 

 

जिल्लाका आठ वटै स्थानीय तहका ८० प्रतिशत मानिस किनेर खानु पर्ने बाध्यतामा रहेको सुनाउँदै अध्यक्ष घिमिरेले व्यापारी र निजी क्षेत्रलाई पनि हातेमालो गर्ने वातावरण बनाउन आग्रह गरे । उनले मन्थली बजारको पार्किङ, यात्रु चढाउने झार्ने प्रक्रियालाई यात्रु र व्यवसायी मैत्री बनाउन जोड् दिए । 

 

त्यस्तै सङ्घमा सचिव सुरेश उदाशले मन्थली स्थित ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न आग्रह गर्दै व्यापार, व्यवसायीको हितलाई जोड् दिन प्रहरी समक्ष आग्रह गरे । अन्तरक्रिया कार्यक्रम सञ्चालन समेत गरेका सचिव उदाशले सवारी साधनाको सहजतासँगै व्यवसायी मैत्री हुनु पर्ने सुझाव दिए । 

 

त्यस्तै होटेल व्यवसायी समेत रहेकी सुमिका श्रेष्ठले मन्थलीमा होटेल सञ्चालन गर्न समय थप गर्नु पर्नेमा जोड् दिँदै चोकमा ट्राफिक व्यवस्थापन सुधार्न तत्कालीन जरुरी रहेको बताइन् । उनले बाहिरबाट आएका गाडी २ मिनेट रोकेर राख्न नसक्ने अवस्था रहेको सुनाउँदै यसले व्यवसायीलाई बाधा अवरोध गरेको सुनाइन् । 

 

(डिएसपी) पराजुलीले नीति र विधिले तोके अनुसार व्यवसायीहरूको माग पूरा गर्न लाग्ने प्रतिबद्धता जनाए । उनले कतिपय संस्थागत र व्यक्तिका स्वार्थसँग जोडिएको विषयले गर्दा समस्या हुने गरेको उल्लेख गर्दै सामूहिक फाइदा पुग्ने कामको लागि सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाए । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));