सरकारी नीति र निर्वाचन आचारसंहिताले गर्दा बजेट खर्च भएन, नगरभित्र उत्पादन भएका गेडागुडी, दाल, फलफूल बाख्रापाठा जिल्लामै किनी दिनुहोस्–नगरप्रमुख न्यौपाने

| पुस २८, २०७९ बिहिबार

A A A
A A A

२८ पुस,रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले निर्वाचन आचारसंहिताको कारणले गर्दा काम गर्न नसकेको बताएका छन् ।  यसले गर्दा बजेट खर्च पनि हुन नसकेको उनको तर्क छ । 

 

बुधवार नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख न्यौपानेले बजेट खर्च कम हुनुमा सरकारी नीति, बर्खा याम र निर्वाचन आचारसंहिता लागेको कारण योजनाहरू संचलान गर्नै नपाएको गुनासो गरे । उनले भने ‘हामी सुरुवाती चरणमा छौँ, ज्येष्ठमा पदबाहाली गर्‍यौँ, त्यसपछि असार लाग्यो, भदौ लागेपछि निर्वाचन आचारसंहिता लाग्यो, त्यसपछि हामीले कुनै नयाँ योजना अगाडि बढाउन सकेनौँ, काम केही अगाडि बढाउन खोज्दा प्रशासनमा उजुरी गरे । यस्ता अप्ठ्याराहरूले पनि खर्च बढ्ने सकेनौँ । आगामी वर्षमा यही अवधिमा ४० प्रतिशत भन्दा बढी खर्च गर्न सक्छौँ भन्ने हाम्रो विश्वास छ ।’

 

त्यस्तै उनले सरकारले पनि असोज पछि मात्रै बजेट खर्च गर्ने पाउने व्यवस्था गर्दा पनि झण्जट् भएको तर्क गरे । 

 

नगरपालिकाभित्र उत्पादन भएका कृषि जन्य उपजहरू जिल्ला भित्र खपत हुनै नसकेको उनको गुनासो थियो । उनले भने ‘हामी तराईको तरकारी किनेर खान्छौँ, यहाँको उत्पादन खाँदैनौ । यो उत्पादन भएका वस्तु खपत हुने वातावरण बनाऊ । यहाँको गेडा गुडी, तरकारी, खसी बाख्रा, दाल, जुनार हामी जिल्ला भरी पुर्‍याउन चाहान्छौं । देशभरि पुर्‍याउन सक्छौँ ।’ तर, हाल यहाँ खपत हुनै नसकेको नगरप्रमुखको गुनासो छ । 

 

सामाजिक सुरक्षा भत्ता वितरण बैङ्क मार्फत घर–घर पुर्‍याउने कामको थलानी भएको उनले जानकारी दिए । साथै औद्योगिक ग्राम, सडक निर्माण, पूर्वाधार निर्माण जस्ता कामलाई नगरपालिकाले प्राथमिकता दिएको न्यौपानेको भनाई छ ।  

 

भिडिओमा हेर्नुहोस् ।

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));