अहिलेको गठबन्धन भत्काएर देशलाई अस्थिर तर्फ लाने काम हुँदैन, ‘प्रचण्ड’लाई विश्वासको मत दिएर काँग्रेसले नरमभाव देखायो -सचिव विष्ट (भिडिओसहित)

| माघ ४, २०७९ बुधबार

A A A
A A A

४ माघ, रामेछाप । नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिलेको गठबन्धन नभत्किने दाबी गरेका छन् । उनले भने ‘जे समझदारी भएको छ । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कमरेड केपी शर्मा ओलीबिच भएको सहमति कार्यान्वयन हुन्छ । राजनीतिमा भएका सहमतिको अर्थ रहन्छ । काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा नरमभाव देखाएको हो । त्यसको अरू अर्थ राख्दैन ।’

 

बुधवारदेखि रामेछापको मन्थलीमा सुरु हुन लागेको प्रदेश स्तरीय भलिबल प्रतियोगिता उद्घाटन गर्न मन्थली आएका सांसद विष्टले प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । 

 

अहिलेको सरकारलाई पनि भत्काएर देशलाई अस्थिर तर्फ धकेल्ने काम नहुने उनले दाबी गरे । ‘कुनै एक दलले एकल बहुमत प्राप्त नगर्दा सबै मिलेर सरकार बनाउनु पर्ने हुन्छ । यो बाध्यता हो । यसलाई भत्काएर देशलाई अस्थिरता तर्फ लाने काम हुँदैन भन्ने विश्वास छ ।’

 

उनले अहिलेको सरकारले देशमा देखा परेको आर्थिक समस्या समाधान गर्नु पर्ने, युवालाई रोजगारी दिन सक्नु पर्ने, जनता प्रति  जबाफदेही हुनु पर्ने, मूल्य वृद्धि नियन्त्रण गर्नु पर्ने जिम्मेवारी रहेको बताए । ‘राजनीतिक अस्थिरताको कारणले देशमा देखिएको समस्या समाधान हुँदैन त्यसैले त्यसको हल गर्न लाग्नु पर्छ ।’ 

 

आर्थिक क्षेत्रमा देखिएको समस्यालाई समाधान गरी रोजगारी, सुशासन र युवाहरूको जोस र जाँगरलाई देश विकासमा लगाउनु पर्नेमा उनले जोड् दिए । 

 

निर्वाचनको समयमा जनता सामु गरेको बाच र प्रतिबद्धता पूरा गर्नु पर्ने स्मरण गर्दै न्यूनतम साझा कार्यक्रमलाई टेकेर यो सरकार जनताको अपेक्षा पूरा गर्न लाग्नु पर्छ भने । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));