भारतीय ट्रकले ठक्कर दिँदा भुजीका स्मायल सुनुवारको घटना स्थलमै ज्यान गयो

| माघ ५, २०७९ शुक्रबार

ज्यान गुमाएका स्मायल सुनुवार ।
A A A
A A A

६ माघ, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीका एक युवालाई ट्रकले ठक्कर दिँदा घटना स्थलमै ज्यान गुमाएका छन् । 

 

ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका ७ भुजी घर भएका वेदबहादुर सुनुवारका छोरा स्मायल सुनुवार रहेका छन् । 

 

बा ८६ प ९७६५ नम्बरको मोटरसाइकलमा सवार सुनुवारलाई यूपी ७८ एफसी १८४८ नम्बरको भारतीय ट्रकले गत बुधवार ठक्कर दिएको मनोज कुमार सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘घटना स्थलमै अन्दस्पट् डेथ भएको हो दुखित हुँदै सुनुवारले रामेछाप टाइम्सलाई भने ।’

 

काठमाडौँ स्थित गोकर्णेश्वार नगरपालिका ५ शिव चोक बारी कोरिडोर क्षेत्रमा बिहान ११ बजेको समयमा सुनुवारलाई ट्रकले एक्कसी ठक्कर दिएको थियो । 

 

ठक्कर दिने ट्रक चालक भारत सुल्लानापुर जिल्ला हनुमान नगर घर भई हाल काठमाडौँको थली मदुवार बस्दै आएका ३० वर्षीय मनोज कुमारलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));