नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल रामेछाप आउने

| माघ ६, २०७९ शुक्रबार

फाइल फोटो ।
A A A
A A A

६ माघ, रामेछाप । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रामेछाप आउने भएका छन् । 

 

रामेछाप उद्योग वाणिज्य सङ्घको आठौँ साधारण सभामा प्रमुख अतिथिको रूपमा वरिष्ठ उपाध्यक्ष ढकाललाई ल्याउन लागेको सङ्घका महासचिव नवराज ढुङ्गेलले जानकारी दिए । 

 

बिहीबार सङ्घको सचिवालयमा बसेको ३५ औँ कार्यसमिति बैठकले आउँदो माघ २१ गते हुन लागेको सङ्घको साधारण सभामा ढकाललाई ल्याउने निर्णय गरेको हो । 

 

यस अगाडि ढकाल सङ्घको १३ औँ साधारण सभामा पनि जिल्ला आएका थिए ।

 

कोरोना महामारी, आर्थिक मन्दी लाग्न थालेको चर्चा  लगायतले निजी क्षेत्र खुम्ची रहेको अस्थानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल यहाँ आउन लागेका हुन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));