खानेपानी डिभिजन ४ का प्रमुख जोशीको कमिसन काण्डः अवकाश पाएका कर्मचारीलाई करारमा नियुक्ति, जुनियर कर्मचारीलाई निमित्त दिएर ‘रोमाञ्च’ गर्न भारत

| माघ ७, २०७९ शनिबार

A A A
A A A

७ माघ, रामेछाप । खानेपानी तथा सरसफाइ डिभिजन नं–४ रामेछापका प्रमुख डिभिजन इन्जिनियर हुपेन्द्र जोशीले नियम विपरीत यजुनिर कर्मचारीलाई कार्यालयको जिम्मेवारी दिएर भारत भ्रमणमा गएका छन् । साथै डिभिजन प्रमुख जोशी अवकाश प्राएर बसेका कर्मचारीलाई (विश्वासको पात्र) लाई नियुक्ति दिन ज्यान छोडेर लागेका छन् ।

 

पम्प उत्पादन गर्दै आएको निजी कम्पनीको भारत भ्रमण (टुर ) रोमाञ्च गर्न गएका प्रमुख जोशीले नियम विपरीत कार्यालयका इन्जिनियर र लेखा अधिकृत हुँदा हुँदै जोशीका विश्वास पात्र मानिएका कम्प्युटर अपरेटर अधिकृत छैटौं  खुम्बबहादुर मगर (केबी) लाई निमित्त तोकेर आफू रमाइलोमा निस्किएका हुन् ।

 

यस अगाडि पनि डिभिजन प्रमुख जोशीको कारण खानेपानी तथा सरसफाइ डिभिजनका ३ जिल्लाका सयौँ योजना भद्रगोल, कमिसन मागेपछि सम्पन्न योजनाको भुक्तानी नै रोकिएको समाचार रामेछाप टाइम्समा प्रकाशित भएपछि जोशी समाचार र ध्यानाकर्षणलाई समेत तल्याउँदै आफूले काम गरेको दाबी  रामेछाप टाइम्ससंगै गरे । उनले रामेछाप टाइम्ससंग भने ‘मैले काम गरेको छु । तर, काम गर्न बजेट छैन । बजेट अनुसार हुनु पर्ने काम भएका छन् । 

 

कार्यालय मातहतको काम अलपत्र छन् । योजनाहरू बजेट नहुँदा भतिभुङ् भएको भन्दै सम्बन्धित समितिहरू प्रमुख प्रति आक्रोशित छन् । कार्यालयको काम पटक्कै नगर्ने उनी कमिसन प्रर्सेन्टको हिसाब टुङ्गो नलागुन्जेल भुक्तानी नै रोक्ने गरेको उच्च स्रोतले रामेछाप टाइम्सलाई जानकारी दिएको छ।  

 

नियम अनुसार कार्यालय प्रमुखले कार्यालय छाड्नु पर्दा जानु प्राविधिकको हकमा दोस्रो बरियाताका इन्जिनियर, इन्जिनियर नभएको खण्डमा शवईन्जिनियर सो पनि नभएमा प्रशासन तर्फको सिनियर व्यक्तिलाई निमित्त तोक्न सक्ने व्यवस्था छ । तर, जोशीले भने उक्त प्रावधानलाई लात हान्दै आफ्ना विश्वासका पात्रालाई जिम्मेवारी दिएर निजी कम्पनीले फकाउने योजनामा सामेल भएका हुन् । उनी हरेका काममा आफ्ना विश्वासको पात्र खोजी गर्ने र कमिसनको खेलो फैलो गर्न गर्छन् । 

हुपेन्द्र जोशी, डिभिजन प्रमुख 

रामेछाप सहित सिन्धुली र दोलखा गरी तीन जिल्लाको हेर्दै आएको प्रदेश मातहत यो कार्यालयको काम अहिले सबै अलपत्र छन् । कार्यालयले चलाउने बजेट छैन । काम सकेका समितिले भुक्तानी पाएका छैनन् । 

 

यसरी जुनियरलाई जिम्मेवारी दिएर हाकिम बाहिरिए पछि कर्मचारी आक्रोशित भएका छन् । जस अनुसार कार्यालयको काम ठप्प जस्तै छ । प्रमुखले जिम्मेवारी पूर्ण काम गर्नु पर्नेमा जोशी एकपछि अर्को गर्दे कानुन मिच्ने र काम अलपत्र पारेर नागरिकको काममा समस्या खडा गर्न तल्लीन देखिएका हुन् । 

 

कार्यालयमा स्थायी प्राविधिक कर्मचारी समेत अपुग छन् । अस्थायी तथा करारका कर्मचारीहरूको काममा कार्यालय प्रमुखले विश्वास नगरेका कारण कतिपय नयाँ योजनाहरू पनि सम्झौता हुन सकेका छैनन् । सम्झौता भएका धेरै योजना चालु आ.व.मा काम अगाडि बढेकै छैनन् । 

 

तीनै जिल्लाका दर्जनौँ योजना अलपत्र पारेका जोशीको कार्यशैली प्रति सम्बन्धित जिल्लाहरूमा प्रश्न उठ्ने गरेको छ । उनको सबै तिर आलोचना मात्रै छ । काम पटक्कै नगर्ने, काम भए पनि भुक्तानीमा गेजो गर्ने, कमिसनको खेलो झिक्ने गरेका छन् यसरी योजना अलपत्र पार्ने काम जोशीबाट हुने गरेको छ, उच्च स्रोतले रामेछाप टाइम्सलाई भन्यो । 

 

जोशीको केही समय अगाडि धादिङ खानेपानी मा सरुवा भएको थियो । तर, प्रदेश सचिव स्तरको २०७९ पुस ७ मा बसेको बैठकले उनको सरुवा बदर गरी रामेछापमै थमौती गरियो । यही बस्न पाएका उनीपछि झन् काममा समस्या भएको कर्मचारीहरू बताउँछन् । 

 

जोशीको विभेदपूर्ण र अव्यवहारिक निर्णयकै कारण कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरूमा असन्तुष्ट हुँदा काम अलपत्र पर्ने अवस्था आएको हो । आर्थिक वर्ष०७९÷८० मा  प्रदेशतर्फ रामेछापमा ४४, दोलखामा ६४ र सिन्धुलीमा ४९ गरी कुल जम्मा १ सय ५७ वटा योजना सञ्चालनमा  रहेका छन् । ती योजना मध्ये कतिपय योजनाको कामले गति लिन  सकेका छैनन् । 

 

कर्मचारीको घमन्डी र स्वभावका कारण नियम अनुसार हुनु पर्ने कुनै पनि काम नभएको र यसको गुनासो स्वाभाविक रहेको  मन्थली नगरपालिका १ का उपभोक्ता प्रबल सुवेदीले बताए । 

खुम्बहादुर मगर (के.बी) 

कार्यालयको प्रगति विवरण सार्वजनिक गर्नु पर्ने बेला यो कार्यालयको फिल्डमा खटिने कर्मचारी, इन्जिनियर पनि फिल्डमा  गएका छैनन् ।

 

उपभोक्ता समितिहरूले काम धमाधम गर्नु पर्ने बेला कार्यालय प्रमुखले बजेट छैन, भनेर काम रोक्नु पनि सर्व साधारणको लागि दुर्भाग्य पूर्ण कुरा हो सुवेदीले थपे त्यस बाहेक प्रमुख जोशीले कमिसनका लागि सेटिङमा लाखौँका योजना सञ्चालन गर्ने अनुमति दिएको उदाहरण आफूले देखाउन सक्ने पनि सुवेदीले बताए । 

 

यसैबिच प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जोशीको कार्यशैली प्रति गुनासो आएको भन्दै नियम विपरीत कम्प्युटर अपरेटरलाई निमित्त दिनु गलत भएको बताए । प्रजिअ रेग्मीले भने ‘प्राविधिक तर्फका कार्यालयको हकमा प्रमुखले निमित्त दिंदा आफू भन्दा मुनिको इन्जिनियर र इन्जिनियर नभए सब इन्जिनियर र त्यो पनि नभएर प्रशासन तर्फको सिनियर व्यक्तिलाई दिनु पर्छ । तर, कार्यालय प्रमुखले नगरेको भए त्यो गलत हो । हाजिर हुन साथ कारबाहीको लागि आवश्यक प्रक्रिया अघि बढाउँछु ।’


शोभारख रेग्मी प्रमुख जिल्ला अधिकारी, तस्बिर फाइल । 

डिभिजन प्रमुख जोशी सिन्धुलीमा आफू मातहतको मान्छे ल्याउन जागिरबाट अवकाश पाएका कर्मचारीलाई समेत करारमा नियुक्ति दिएर कार्यालय भित्र्याउने तयारीमा समेत हात धोएर लागेका छन् । 

 

कमिसन खानको लागि आफू निकटका अवकाश प्राप्त कर्मचारीलाई ल्याएर, कार्यरत इन्जिनियरलाई भने रामेछापमै कार्यालयमा खुम्च्याउने खेलमा मरिहते गरेर लागेको प्रमाण रामेछाप टाइम्सलाई प्राप्त भएको छ ।

 

नोटः यसअगाडिको फोटोमा पद अन्यथा भएकोमा सच्याइएको छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));