बागमती प्रदेश स्तरीय भलिबल खेलमा सिन्धुपाल्चोक तेस्रो

| माघ ७, २०७९ शनिबार

A A A
A A A

७ माघ, रामेछाप । नेकोस बागमती प्रदेश कमिटीको आयोजनामा मन्थलीमा जारी प्रदेश स्तरीय भलिबल खेलमा सिन्धुपाल्चोक तेस्रो भएको छ । 

 

 

शनिवार आज बिहान ८ बजेदेखि भएको खेलमा सिन्धुपाल्चोकले धादिङलाई हराउँदै तेस्रो बनेको हो । योसँगै सिन्धुपाल्चोकले तेस्रो पुरस्कार नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । पुरस्कार वितरण तथा खेल समापन सभालाई सम्बोधन गर्न नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकाल मन्थली  आइसकेका छन् । उनी आज बिहानै मन्थली आएका हुन् ।  उनलाई एमाले रामेछापले स्वागत गरेको छ । 

 

अब प्रथम र द्वितीय स्थानको लागि दिउँसो केही बेरमा रामेछाप र चितवन खेल्दै छन् ।

 

शुक्रवार भएको सेमिफाइनल खेलमा धादिङमाथि रोमाञ्चक जित निकाल्दै रामेछाप फाइनल पुगेको हो । भने, तेस्रो भएको सिन्धुपाल्चोकलाई गराउँदै पाहुना टोली चितवनले पनि फाइनल यात्रा तय गरेको हो ।

 

बागमती प्रदेशका १३ जिल्ला मध्ये ११ टिम सहभागी खेल लिक कम नक आउट ‘बेस्टप फाइभ’ सिस्टममा खेलाइँदै छ । 

 

 

प्रतियोगिताको विजेता प्रथम टोलीले २ दुई लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

 

त्यस्तै दोस्रो हुने टिमले नगद १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । भने, नगद ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र सान्त्वना हुने टिमले पाउने छन् ।

 

आयोजकले खेलमा सहभागी टिमलाई नगद २५–२५ हजार प्रत्येक टिमलाई उपलब्ध गराउने जनाएको हो । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));