अवैध रूपमा ल्याउँदै गरेको चुरोट सहित मकवानपुरका दुई जना रामेछापमा पक्राउ

| माघ ७, २०७९ शनिबार

A A A
A A A

७ माघ, रामेछाप । रामेछाप प्रहरीले कर छली गरेर ल्याएको चुरोट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। 

 

खुर्कोटबाट मन्थली तर्फ आउँदै गरेको मोटरसाइकल मन्थली  नगरपालिका वडा नं ६ कुनौरीमा चेक जाँच गर्ने क्रममा अवैध रूपमा राजश्व छली गरेर ल्याउँदै गरेको चुरोट एक सय ४४ पेटी र खुल्ला ३४ पाकेट नियन्त्रणमा लिएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

बा‍‍ प्र ०३–००५ प ३७६६ र मधेश प्र ०२–०१३ प २५३१ नम्बरको मोटर साइकल चेक जाँच गर्ने क्रममा उक्त चुरोट फेला परेको ढकालले बताए । 

 

यसरी चुरोट ल्याउँदै गरेका मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका –१५ बस्ने वर्ष ३२ को राजकुमार लोप्चन र सोही ठाउँको वडा नं ४ बस्ने वर्ष २६ को कृष्ण कुमार बर्णवाल पनि प्रहरीको नियन्त्रणमा परेका छन् ।

 

अवैध रूपमा ल्याउँदै गरेको चुरोट सहित प्रहरीको नियन्त्रणमा परेका उनीहरूलाई सामान र मोटरसाइकल सहित राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जानकारी दिइएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));