रामेछाप नेविसंघ भनेको विनोद बुढाथोकी नेतृत्वको हो,अरू हामीलाई थाहा छैन–सभापति ‘कान्छाराम’

| माघ १०, २०७९ मंगलबार

A A A
A A A

१० पुस, रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)  रामेछापको अध्यक्ष भनेको विनोद बुढाथोकी भएको स्पष्ट पारेका छन् । उनले भने ‘केन्द्रले पछिल्लो समय पत्र विनोद भाइलाई तोकेर पठाएको छ । मैले पनि यसैलाई मानेको छु । रामेछाप नेविसंघ भनेको विनोद बुढाथोकी हो । अरू पनि छन् भनेर केही साथीहरू हिँडेका छन् भन्ने सुन्छु । त्यता नलाग्नुहोला। नेविसंघ रामेछाप विनोद बुढाथोकी हो ।’

 

मङ्गलवार आज बिहान सदरमुकाम मन्थली स्थित मन्थली माद्यामिक विद्यालयका विद्यार्थीहरू नेविसंघ रामेछापले आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो बताएका हुन् ।

 

केन्द्रले विनोद बुढाथोकीलाई जिल्ला अध्यक्षको जिम्मेवारी तोकिएपछि नेविसंघ रामेछापमा विवाद छ । सोही विषयतर्फ इङ्गित गर्दै नेविसंघको मातृ पार्टीका सभापति तामाङको यो धारणा आएको हो । अध्यक्ष प्रति समूहले छुट्टै भेला समेत गर्दै आएका छन्। 

 

उनले थपे पत्रकारलाई पनि आग्रह गर्छु, नेविसंघको नाममा हुने अरू केही, कोहो बन्ने दुबिधा नहोस्, रामेछापको नेविसंघ भनेको विनोद बुढाथोकी नेतृत्वको हो । विवाद गर्नु पर्ने कारण छैन ।

 

नेविसंघ सुध्रिनु पर्ने उल्लेख गर्दै विद्यार्थीको शैक्षिक गुणस्तर ल्याउन र शिक्षामा परिवर्तन गर्न आफूले सांसदको हैसियतमा गर्नु पर्ने सबै जिम्मेवारी पूरा गर्न लाग्ने बताए । ‘गफ भन्दा पहिले काम गर्छु अनि मात्रै बोल्छु । गर्ने काम धेरै छन् प्रतिनिधिसभाका सांसद समेत रहेका तामाङले भने।

 

रामेछापकाे नेविसंघ भनेकाे विनोद बुढाथोकी हाे, अरु काे हुन् त्यसको पछि नलाग्नुहाेस्, म,अरु चिन्दिन सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) #ramechhaptimes #Manthali #tamang #NSU pic.twitter.com/ZdW3fNTHho

— Milan Ghimire (@MilanBk) January 24, 2023

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));