शैक्षिक सुधारमा मन्थली नगर : ५ महिनामा देखिन थाल्यो साङ्केतिक प्रभाव, विद्यालय मर्ज कुरामै सीमित

| माघ १०, २०७९ मंगलबार

A A A
A A A

१० माघ, रामेछाप । शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिँदै आएको मन्थली नगरपालिकाले शैक्षिक सुधारको लागि जोड् दिन थालेको छ । जस अनुसार यस अन्तर्गतका वडाहरूले पनि शैक्षिक सुधारको लागि निरन्तर सक्रियता दिन थालेका छन् । अझ, भन्नु पर्दा सम्बन्धित निकायहरूको यसै कामको लागि दौडधुप गर्दै दिन बित्न थालेको छ, पछिल्लो समय । 

 

वडाहरूले विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, जनप्रतिनिधि, शिक्षाविदहरुलाई एकै ठाउँमा राखेर अन्तरक्रिया तथा छलफल गरेर शैक्षिक क्षेत्रको कमी, कमजोरीलाई औँल्याउँदै उपलब्धिमूलक र आजको आवश्यकता अनुसारको शिक्षा दिन दौड धूपमा देखिन्छन् । यद्यपि यसको नतिजा आउन भने लामै समय कुर्नु पर्ने जनप्रतिनिधिको दाबी छ ।

 

१४ वटा वडा रहेको यो नगरपालिकामा १९ वटा माध्यमिक र ४९ वटा आधारभूत विद्यालय सञ्चालनमा छन् । कतिपय विद्यालयहरूमा विद्यार्थी कम, शिक्षक आवश्यकता भन्दा बढी छन् त, कतिपय विद्यालयमा विद्यार्थी कम । 

यस्ता विद्यालयहरू मर्जको कुरा उठेको आढाइ वर्ष बिती सक्न थाल्यो । तर, यो काम भने हालसम्म रतीभर पनि हुन सकेको पाइँदैन । यसको लागि निकै चुनौती रहेको सरोकारवाला बताउँछन् । कतिपय शिक्षक, विद्यार्थी र विविध कारणले सोचे जस्तो सहज नभएको छलफलमा चर्चा चल्छ । 

 

कतिपय ठाउँमा शिक्षकहरुनै घर पायक पर्ने विद्यालय छाड्नु पर्ने हुँदा पनि विद्यालय मर्जमा जान चाहँदैनन् । भने, कतिपय वडाहरूमा विद्यार्थी थोरै भए पनि विद्यालय राख्नु पर्ने बाध्यता छ। 

नगरका करिब १० हजार पाँच सय भन्दा बढी विद्यार्थीहरूको शैक्षिक सुधार हुनु पर्ने र उत्पादनशील, उत्पादनमुखी र दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्नु पर्ने नगरको उद्देश्य छ । 

 

यती सम्मकी नगरले आगामी दिनमा आवश्यकता परेको खण्डमा डाक्टर, पाइलट, इन्जिनियर लगायत सबै जनशक्ति यही नगरबाट, यहाँकै विद्यालयले उत्पादन गर्न सकुन् । यो उद्देश्य राखेरै एक दर्जन विद्यार्थीलाई अनुदानमै मन्थली माद्यामिक विद्यालयको कक्षा ११,१२ मा विज्ञान विषय सम्म पठनपाठन गराउँदैछ नगर ।

उपलब्धि लिन वर्षौँ कुर्नु पर्ने भए पनि नगरकै जनशक्ति दक्ष उत्पादन गर्न लाग्नु यो कदम सर्वस्वीकार्य छ । 

 

तथापि १४ वटा वडा भौगोलीको रूपमा फरक, आर्थिक स्थिति फरक  सेवा सुविधा, विद्यालय पहुँच लगायतले विविधता रहेको यो, नगरले कसरी एक रुपता दिएर शैक्षिक उपलब्धि अर्थात् सुधार उन्मुख शिक्षा दिन खोजेको छ त्यो भने हेर्न बाँकी छ । 

 

अभियानकै रूपमा नगरपालिकाले त्यसका लागि सरोकारवालासँग छलफल गर्दै आएको छ । भौतिक पूर्वाधारको हिसाबले सम्पन्न विद्यालयहरू बनेको यहाँ  अबको पाटो भनेको गुणस्तरीय शिक्षा नै रहेको जानकारहरू बताउँछन् । 

 

गत आइतबार मात्रै नगरपालिकाको वडा नं २ र ५ ले विद्यालय शैक्षिक सुधारको निम्ति वृहत् छलफल गरेका छन् । वडा नं २ मा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीको पहलमा २ नम्बर वडाका विद्यालयको सुधारको लागि शिक्षा विद् गुन्ज बहादुर श्रेष्ठ र गोपाल धोजले शैक्षिक सुधारको लागि अबका दिनमा गर्नु पर्ने विविध विषयमा प्रशिक्षण समेत गरेका थिए । 

 

त्यस्तै नगरपालिकाले शैक्षिक सुधार अन्तरगतकै आन्तरिक व्यवस्थापन सुधार, शिक्षण सिकाइ उपलब्धिको लागि प्रधानाध्यापक तथा शिक्षकहरूसँग दोहोरो सम्झौता, विद्यार्थी, शिक्षक डायरी, दैनिक कामको अभिलेखीकरण लगायतका विभिन्न काम पनि थालेको छ । 

 

नगरप्रमुख श्रेष्ठले वृहत् छलफलमा बोल्दै सामुदायिक शिक्षाको गुणस्तर सुधार आफूहरूको पहिलो प्राथमिकतामा रहेको बताए । 

त्यस्तै वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले आफूहरू आएपछि (वैशाख ३०) परिवर्तनको मुख्य संवाहक मानेर शिक्षा क्षेत्रलाई लिएर काम गरी रहेको बताए । उनले रामेछाप टाइम्ससंगको कुराकानीमा आफूहरूले गरेको लगानी यस क्षेत्रमा सामान्य रूपमा देखिन थाली सकेको बताए । 

 

‘हामी आएपछि विद्यालयमा गरेको मेहनतको प्रभाव परेको छ । शिक्षकहरूले बताउने गरेका छन्, विद्यार्थीहरूमा परिवर्तन आउन थालेको छ । उसको सिकाइसँगै व्यवहारमा समेत निकै परिवर्तन भएको छ  । रिजल्ट देखिन थाल्यो ।’

 

उनले थपे यसको उपलब्धि पाउन समय लाग्छ । तर, प्रभाव देखिन थाली सकेको छ । यसरी हेर्दा बितेको ५ महिना देखि शैक्षिक सुधारमा लागेपछि त्यसको प्रभाव पर्न थालेको हो । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));