आइतबार लिखु तामाकोशी गाउँपालिकाको सबै सेवा बन्द

| माघ १४, २०७९ शनिबार

फाइल फोटो ।
A A A
A A A

१४ माघ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका भोलि आइतबार बन्द हुने भएको छ । पालिकासँगै मातहतका वडा कार्यालय पनि बन्द हुने छन् । 

 

 

पालिकाले गत शुक्रवार एक सूचना जारी गर्दै आइतबार  पालिकाको दसौँ गाउँ सभा तथा हिउँदे अधिवेशन गर्न लागेकाले सेवा प्रवाह बन्द गरिएको जानकारी दिएको हो । 

 

‘माघ १५ गते आइतबारका दिन बिहान ११ बजे गाउँ सभा आह्वान गरिएको हुँदा उक्त दिन यस गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरूबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गरिएको छ, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जारी सूचनामा उल्लेख छ ।’

 

 

आठ वटा स्थानीय तह रहेको रामेछापका ७ स्थानीय तहले यस अगाडि नै हिउँदे अधिवेशन सम्पन्न गरी सकेका छन् । 

 

सूचना हेर्नुहोस् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));