सांसद ‘कान्छाराम’ भन्छन् ‘रामेछापको विकास गर्ने हो भने ६ जना सांसदले पार्टी भन्दा माथि उठेर काम गरौँ’ (भिडिओसहित)

| फागुन १८, २०७९ बिहिबार

A A A
A A A

१८ फागुन, रामेछाप । रामेछापबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले जिल्लाको विकास गर्नको लागि पार्टी भन्दा माथि उठ्नुको विकल्प नरहेको बताएका छन् । यहाँका ६ जना सांसदहरूले जिल्लाको विकासको निम्ति सबै एक ठाउँमा उभिनु पर्नेमा उनको जोड् छ । उनले आफूले ल्याउने विकासमा पार्टी नहेर्ने पटक-पटक दोहोर्याए । 

 

बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेलालाई सम्बोधन गर्दै सांसद तामाङले यस्तो बताएका हुन् । 

 

नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले केन्द्र देखि सबै तहमा आफ्नो सबै पार्टीका नेताहरूसँग राम्रो रहेको उल्लेख गर्दै विकासको लागि बजेटको अभाव हुन नदिने बचन व्यक्त गरे ।

 

एमालेबाट निर्वाचित प्रदेश सांसद आनन्द श्रेष्ठको ध्यानाकर्षण गर्दै तामाङले भने ‘सङ्घ र प्रदेशमा सरकार सञ्चालनका लागि जुन सुकै बेला जे जस्ता गठबन्धन बने पनि रामेछाप जिल्लाको विकास र आफूहरूको मित्रतामा त्यसले कुनै पनि फरक पार्दैन । पारेको छैन भने ।’

 

जिल्लामा प्रमुख पार्टीका शीर्ष नेताहरू जनजातिबाट रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रमा पनि जनजातिहरू सक्रिय रहेकोमा खुसी व्यक्त गरे । पत्रकारलाई राज्यले चौथौँ अङ्ग भन्ने गरेको तर, आफूले पहिलो अङ्गको रूपमा लिएको बताए । 

उनले मिसन पत्रकारितामा लोकतन्त्र फस्टाउन नसक्ने भन्दै सत्य र तथ्य समाचार जनतालाई दिनु पर्नेमा जोड् दिए । सांसद तामाङले आदिवासी जनजाति पत्रकारहरूको हक, हित र अधिकार संरक्षण र क्षमता विकासका लागि तामाङका बाबुआमाको नाममा (फोनिज) रामेछापमा ५१ हजारको अक्षय कोष स्थापना गर्ने बचन दिए । 

 

त्यस्तै बागमती प्रदेश सांसद आनन्द श्रेष्ठले पत्रकारहरूले परिवर्तनका लागि लडेको इतिहास ताजा रहेको भन्दै उनीहरूले सही ढङ्गले चलाएको कलमले मात्र सुशासन र दिगो विकासमा सहयोग पुग्ने बताए । 

 

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले नीति, विधि र पद्धतिका आधारमा (फोनिज) को भवन बनाउनका लागि आवश्यक जग्गा उपलब्ध गराउनका लागि पर्ने बताए । त्यसको लागि आफू सकारात्मक रहेको उनको भनाई छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));