उद्योग वाणिज्य संघ रामेछापको निर्वाचन : दुवै समूहद्वारा शक्ति प्रदर्शन, मतदानको लागि तयारी पूरा (फोटोफिचर)

| फागुन २६, २०७९ शुक्रबार

A A A
A A A

२६ फागुन, रामेछाप । भोलि शनिवार हुन लागेको रामेछाप उद्योग वाणिज्य संघको आठौँ जिल्ला अधिवेशन एवं निर्वाचनमा भाग लिएका दुवै समूहले आज शुक्रवार मन्थलीमा शक्ति प्रदर्शन गरेका छन् । 

 

सदरमुकाम मन्थलीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको ‘संयुक्त व्यवसायी एवं समावेशी समूह’ र एमाले निकट ‘सफल समावेशी समूह’ ले छुटाछुटै र्‍याली एवं प्रचार सहितको शक्ति प्रदर्शन गरेका हुन् । उनीहरूले आ–आफ्नो प्यानललाई जिताउन अपिल गर्दै निर्वाचनको औपचारिक प्रचार गरेका हुन् । 

 

यसअगाडि उमाकुण्ड बाम्तीभण्डार सहित सुनापति, दोरम्बा लगाएका स्थानीय तहका मुख्य बजारमा पुगेर मतदाता भेटघाट गरेका यी समूहले आफ्नो प्यानलले जित्ने दाबी गर्दै आएका छन् । 

 

१४ पदको लागि २८ जना दुई समूह मार्फत चुनावी मैदानमा उत्रिएका छन् । जसको लागि अध्यक्षमा ‘संयुक्त व्यवसायी एवं समावेशी समूह’ नवीन थापा मगर रहेका छन् । त्यस्तै ‘सफल समावेशी समूह’बाट नवराज ढुङ्गेल रहेका छन् । उनीहरू थापामगर हालका वरिष्ठ उपाध्यक्ष हुन् भने ढुङ्गेल महासचिव हुन् । 

 

कूल १३ सय ८७ मतदाता रहेको संघको निर्वाचन ९० प्रतिशत मत खस्ने आङ्कलन गरिएको छ । आज शुक्रवार साँझ ५ बजेदेखि भोलि शनिवार ५ बजेसम्म ‘निर्वाचनको शून्य समय’ लागू भएको सङ्घ निर्वाचन समितिको कार्यालयले जनाएको छ । यो अबधिमा चुनाव प्रचार प्रसार गर्न सबै माध्यमबाट रोक लगाइएको संघको निर्वाचन सचिवालयले भनेको हो । 

 

भोलि शनिवार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको गर्न सकिने तयारी पूरा भएको छ । मतदानको लागि जिल्ला समन्वय समिति रामेछापको प्राणगणमा व्यवस्था मिलाइएको छ । 

 

दुवै समूहको शक्ति प्रदर्शन तस्बिरमा हेर्नुहोस् । तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स