उद्योग वाणिज्य संघको मतदान बिहानै देखि उत्साहपूर्ण, १० बजेसम्म ३६३ मत खस्यो (फोटो फिचर)

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७ फागुन, रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापको मतदान जारी छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान १० बजेसम्म ३ सय ६३ मत खसेको छ । 

 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको तर्फबाट नवीन कुमार थापा मगरको नेतृत्वमा सहित ‘संयुक्त व्यवसायी एवं समावेशी समूह’ मार्फत चुनावी मैदानमा छन् ।

 

त्यस्तै एमाले निकट ‘सफल समावेशी समूह’ नवराज ढुङ्गेलको नेतृत्वमा मैदानमा छन् । कूल १३ सय ८७ मतदाता रहेको निर्वाचनमा ९० प्रतिशत भन्दा बढी मत खस्ने दाबी गरिएको छ । 

 

बिहानै देखि उत्साहपूर्वक मतदान शान्तिपूर्ण भइरहेको छ । आफ्ना उम्मेदवारलाई जिताउन उम्मेदवरका परिवार नै मैदानमा देखिन्छन् । मतदान जिल्ला समन्वय समितिको पछाडि भैरहेको छ । सांझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

 

तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स