निर्वाचनमा पराजितपछि ढुङ्गेलले थापामगरको टिमलाई बधाई दिँदै भने ‘चौतर्फी घेरा बन्दीमा पारियो, तर, तपाईँहरूको साथ मै रहने छु’

| फागुन २९, २०७९ सोमबार

फाइल फोटो ।
A A A
A A A

२९ फागुन, रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा पराजित भएपछि व्यवसायी नवराज ढुङ्गेलले सबैसँग मिलेर काम गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘विगत लामो समय देखि काम गरेको अनुभवले पनि म, व्यवसाय र व्यवसायीहरूको मनोभावनासँग र मुद्दाका विषयमा जानकार छु । पदमा रहेर वा नरहेर पनि म तपाईँहरूको माझमा हरपल सेवा गर्न हातमा हात मिलाइ अगाडी बढेन नै छु र तपाई को साथ मै रहने छु ।’

 

आइतबार सम्पन्न मत गणनामा ढुङ्गेल गठबन्धनको टिमका उम्मेदवार नवीन थापामगरसँग प्यानलै पराजित भएका थिए । साथै ढुङ्गेलले सामाजिक सञ्जालमार्फत आफ्नो टिमलाई चौतर्फी घेरा बन्दीमा पारिएको समेत उल्लेख गरेका छन् । उनले भनेका छन् ‘चौतर्फ घेराबन्दिकाबिचमा, घात र अन्तर घातका बाबजुद आफ्नो अमूल्य मत जाहेर गर्नु हुने सम्पूर्ण मतदातामा आभार ।’

 

संघमा हाल तीन वर्ष महासचिव रहेर काम गरेका ढुङ्गेल जिल्लाका परिचित व्यवसायी हुन् । ढुङ्गेलले संघको निर्वाचन सम्पन्न गराउनको लागि खटिने सबैलाई धन्यवाद दिँदै निर्वाचित थापामगरको टिमलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।

 

गत शनिवार भएको संघको आठौँ जिल्ला अधिवेशन एवं निर्वाचनमा कूल १३ सय ८७ मतदाता रहेकोमा १२ सय ५३ मत खसेको थियो । निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरू गठबन्धनसहित चुनाव लडेका थिए । भने, एमाले निकट ढुङ्गेलको समूह एकलै मैदानमा थियो । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));