सबैको लघु वित्तले सम्पन्न गर्‍यो मन्थलीमा एक दिने गोष्ठी, ऋण तिर्ने समय थप्नु ऋणीको जोड्दार माग

| फागुन ३०, २०७९ मंगलबार

A A A
A A A

३० फागुन, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सबैको लघुवित्त वित्तीय संस्थाले एक दिने गोष्ठी सम्पन्न गरेको छ । देशभरिका लघु वित्तीय संस्थाहरूले गरेका गतिविधि बारे नकारात्मक प्रचार बढेपछि जिल्लामा संस्थाको अवस्था बारेमा जानकारी दिन र सदस्यहरूको समस्या, गुनासा सुन्नको लागि एक दिने गोष्ठी आयोजना गरेको संस्थाका शाखा प्रमुख दीपक श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

सोमबार मन्थलीमा सो लघुवित्तका केन्द्रीय प्रमुख एवं नायव महाप्रबन्धक पवन कुमार श्रेष्ठ, विभागीय प्रमुखहरू, सन्तोष कुमार दत्त, सूर्य बहादुर बस्नेत, अनुगमन कार्यालय (मुकाम) बर्दिबासबाट प्रेमबहादुर कार्की र अध्यक्ष केन्द्र नं १२ की प्रमुख सिसन आलेमगर (समाल) सहितको उपस्थितिमा गोष्ठी आयोजना गरिएको हो । 

गोष्ठी एवं नेतृत्व विकास तथा वित्तिय साक्षरत सहितको सो कार्यक्रममा हाल सम्म जिल्ला शाखा लघु वित्तको कारोबार सन्तोष जनक रहेको शाखा प्रमुख श्रेष्ठले बताए । उनका अनुसार उक्त लघु वित्तले ७ सय १० जना मध्ये ३५८ ले ऋण लिएर कारोबार गर्दै आएका छन् । 

 

सोमबार सार्वजनिक गरिएको शाखा कार्यालयल लघु वित्तको कारोबार अनुसार २ करोड ९५ लाख ३० हजार २०६ लगानी गरेको छ । भने, १ करोड ३० लाख १५ हजार ८४१ बचत रहेको  छ । 

 

गोष्ठीमा बोल्दै सदस्यहरू देशनै आर्थिक मन्दी तिर गएकाले आफूहरू पनि त्यसबाट अछुतो नरहेकाले ऋण तिर्ने समय थप गर्नु पर्नेमा जोड् दिएका थिए । आर्थिक समस्याबाट गुज्रिएकाले सबै व्यवसायी र अन्य क्षेत्रमा खर्च भएकाले ऋण तिर्ने समय थप्नु पर्नेमा उनीको माग थियो । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));