संघीय सांसद ‘कान्छाराम’ सहितको पहलमा प्रदेश सरकारबाट रामेछापका दुई प्रमुख सडक कालोपत्रे गर्न २०-२० करोड, लिखु करिडोरलाई पनि २० करोड स्वीकृत

| चैत १, २०७९ बुधबार

A A A
A A A

१ चैत, रामेछाप । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले रामेछापका प्रमुख सडक मार्ग विस्तार तथा कालोपत्रेको लागि करोडौँ बजेट स्वीकृत गरेको छ ।  उक्त बजेट स्वीकृत गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहित प्रदेशमा प्रतिनिधित्व गर्ने संसदहरु तारानारायण श्रेष्ठ,युवराज चौलागाई, आनन्द श्रेष्ठ लगायतले विशेष भूमिकामा उक्त बजेट स्वीकृत गरिएको बताइएको छ । 

 

बुधवार गोकुलगंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाका विस्तारित तथा निर्माणाधीन प्रमुख सडकहरूमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले कूल ६० करोड बजेट स्वीकृत गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी गरेको पत्रमा उल्लेख छ । 

 

सो पत्रअनुसार लिखु तामाकोशी गाउँपालिकाको हालेदे–धोबी सडकको लागि २० करोड, लिखु करिडोरको लागि २० करोड र गोकुलगंगा स्थित रस्नालु–ठोसे सडकको लागि २० करोड बजेट स्वीकृत भएको उल्लेख छ । 

 

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयले आफूहरूको मागलाई सम्बोधन गर्दै उक्त बजेट स्वीकृत भएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले पनि रामेछाप टाइम्सलाई बताए । उनले प्रदेशबाट बजेट स्वीकृत गरिदिएकोमा धन्यवाद दिँदै यो बजेटले निर्माणाधीन कामलाई थप गति दिन र निर्माणलाई टेवा पुग्ने बताए । 

 

अध्यक्षमा निर्वाचित हुने बित्तिकै उनी प्रदेशमा योजना माग गर्न पुगेका थिए । सोही गुनासोलाई सम्बोधन गर्दै रामेछाप र ओखलढुङ्गा जिल्ला जोड्ने प्रमुख सडक धोबी–हलेदे–सिरिसे सडक कालोपत्रे गर्नको लागि २० करोड बजेट परेको रामेछाप टाइम्सलाई बताए । 

 

 पूर्वाधार विकास कार्यालय रामेछापबाट प्रस्तावित बहुवर्षिय प्रमुख पाँच सडक माध्ये बेताली–रस्नालु, हलेदे–धोबी र लिखु करिडोरलाई अहिले बजेट स्वीकृत भएको र अन्य दुई आयोजनाहरू रस्नालु–धारा पानी–ठोसे सडक, र कालाचौतारा–उमाकुण्ड सडक पनि छिटै स्वीकृत हुने चरणमा रहेको खबर प्राप्त भएको गोकुल गंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले जानकारी दिए । बजेट स्वीकृत भएको खबर प्राप्त भएको उल्लेख गर्दै पालिका अध्यक्ष खड्काले सामाजिक सञ्जालमा लेखेका छन् । ‘जम्मा ३ प्रदेश भौतिक पुर्वधार हुँदै आर्थिक मामिला मन्त्रालय बागमती प्रदेशबाट स्वीकृत भएको जानकारी प्राप्त भएको छ। बाँकी २ सडक पनि छिटै स्वीकृत हुन्छ भन्ने जानकारी भएको हुँदा सहयोग गर्नु हुने सबै जिम्मेवारी निकाएका नेतागण, कर्मचारी साथीहरूलाई धन्यवाद ।’

 

बजेट स्वीकृत भएको पत्र हेर्नुहोस् 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));