स्ववियु निर्वाचनः गठबन्धन गरेका तीन विद्यार्थी संगठनले सार्वजनिक गरे घोषणा पत्र (पत्रसहित)

२ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आइतवार हुन लागेको स्ववियु निर्वाचनमा तालमेल गरेर चुनावमा भाग लिएका विद्यार्थी संगठनले घोषणा पत्र एवं प्रतिबद्धता सार्वजनिक गरेको छ ।
आज मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी (एस) निकट अनेरास्ववियूले आज आज बिहीबार १५ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेेस जिल्ला कार्यसमितिका नेता, माओवादी केन्द्रका नेता सहित नेविसंघ, क्रान्तिकारी, अनेरास्ववियूका विद्यार्थी नेताहरुको उपस्थिति थियो ।
यस्तो छ प्रतिबद्धता पत्र एवं घोषणा पत्र हेर्नुहोस् ।