जिल्ला अस्पताल रामेछापमै ‘डायलासिस’ !

| चैत ३, २०७९ शुक्रबार

A A A
A A A

२ चैत, रामेछाप । जिल्ला अस्पताल रामेछापमा ‘डायलासिस’ सेवा औपचारिक रुपमा सुरु भएको छ । विगतमा मिर्गौला रोगबाट पीडितहरू  ‘डायलासिस’ गर्नकै निम्ति जिल्ला बाहिर धाउनु पर्ने बाध्यता थियो । अब त्यो अन्त्य भएको छ । यस अगाडि गत फागुन १२ गतेदेखि ‘डायलासिस’ सेवा विस्तार भएको थियो । 

 

जिल्ला अस्पतालमै ‘डायलासिस’ गर्न पाउने भएपछि स्थानीय एवं सेवाग्राहीहरू खुसी भएका छन् । बिहीबार देखि बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ सहितको उपस्थितिमा सेवा सुरु भएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । 

पुरानो सदरमुकाम समेत रहेको रामेछाप डाँडामा रहेको जिल्ला अस्पतालमा पहिलो दिनै एक जना बिरामीको सफलता पूर्वक ‘डायलायसिस’ गराइएको अस्पतालले जनाएको हो । यसरी पहिलो दिने जम्मा ३ वटा ‘डायलायसिस’ सफल भएको अस्पतालले  जनाएको हो । 

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.अर्जुन सापकोटा, बागमती प्रदेशका पूर्व सांसद दर्लामी मगर, अस्पताल विकास समितिका पूर्व अध्यक्ष रोशन पाख्रिन, प्रदेशका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र जिल्ला स्वास्थ्य प्रमुख जितेन्द्र साह लगाएको उपस्थिति रहेको थियो । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));