७० हजार भन्दा धेरैलाई ‘राष्ट्रिय परिचयपत्र’ वितरण गर्दै सकियो अभियान, कुन पालिकामा कति वितरण ? (सूची)

| चैत ४, २०७९ शनिबार

A A A
A A A

४ चैत, रामेछाप । रामेछापमा ७० हजार ‘राष्ट्रिय परिचयपत्र’ बनाउँदै करिब दुई महिना लामो अभियान समापन भएको छ । यहाँका आठ वटै स्थानीय तहका वडा–वडामा पुगेर अभियानको रूपमा राष्ट्रिय परिचयपत्र बनाउने पहिलो चरणको अभियान शुक्रवार समापन भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको हो । 

 

गत माघ १२ गतेदेखि मन्थली नगरपालिकाको १४ वटै वडाबाट एकै साथ सुरु भएको अभियान शुक्रवार सकिएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप टाइम्सलाई जानकारी दिए । राहदानी लगायत प्रशासनिक जुनसुकै कामको लागि पनि यो पत्र पछिल्लो समय अनिवार्य भएपछि सो परिचयपत्र बनाउनेको कारण प्रशासनमा अत्याधिक भिड बढेको थियो । जसअनुसार प्रशासनले उक्त समस्या समाधान गर्न गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरेमा पुगेको थियो ।  

 

शुक्रवार सम्म सञ्चालित अभियानमा सबै भन्दा धेरै मन्थली नगरपालिकामा यो परिचयपत्र वितरण गरिएको प्रजिअ रेग्मीले जानकारी गराए । जसमा १४ वटा वडा रहेको मन्थलीमा १४ हजार १६७ जनाले परिचयपत्र बनाएका छन् । 

जिल्ला प्रशासनबाट राष्ट्रिय परिचयपत्र जारी हुँदै आएको ठाउँ, तस्बि मिलन घिमिरे/रामेछाप टाइम्स 

त्यस्तै पुरानो सदरमुकाम समेत रहेको ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा १० हजार भन्दा बढीले यो पत्र लिएका छन् । त्यहाँ १० हजार ६११ जनाको परिचयपत्र वितरण भएको  प्रजिअ रेग्मीले बताए । ‘अब लगबग अति आवश्यक पर्नेहरूले बनाएका छन् । यसले प्रशासनको भिडलाई कम गर्न निकै मद्दत गर्छ । अब प्रशासनबाट जारी गर्दा पनि समस्या आउँदैन ।’ 

 

त्यस्तै ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा सबै भन्दा कम राष्ट्रिय परिचयपत्र जारी भएको छ । त्यहाँ कूल ६ हजार १० जनाले मात्रै अभियानमा परिचयपत्र बनाएका हुन । यता, ५ वटा वडा रहेको सुनापति गाउँपालिकामा पनि ७ हजार १६९ जनाले मात्रै यो अभियानमा परिचयपत्र बनाएका छन् । 

 

९ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा भने ९ हजार ७०३ जनाले अभियानमा राष्ट्रिय परिचयपत्र बनाउँदै मौकाको फाइदा लिएका छन् । भने, ७ वडा रहेको दोरम्बा शैलुङ गाउँपालिकामा ८ हजार १४७ जनाले बनाएका छन् । 

 

त्यस्तै ७ वटा वडा रहेको लिखु तामाकोशी गाउँपालिकामा ७ हजार ९०१ जनाले परिचयपत्र लिएको पछिल्लो जानकारी आएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । यसरी अभियानमा कूल ७० हजार ९४० जनाले राष्ट्रिय परिचय पत्र लिएका हुन् । अभियान चलिरहँदा जिल्ला प्रशासन कार्यालयबाट पनि यो पत्र जारी हुँदै आएको थियो । जसअनुसार प्रशासनबाट २४ हजार ९५५ परिचयपत्र जारी गरेको तथ्याङ्कले देखाउँछ । 

राष्ट्रिय परिचय पत्र बनाउनगत २०७७ साउन १ गते विवरण टिपाउदै । तत्कालिन जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, तस्विर फाइल  

यसरी प्रशासन र अभियानमा गरी कूल ९५ हजार ८९५ राष्ट्रिय परिचय पत्र जारी भएको हो । विभागका महानिर्देशक तीर्थराज भट्टराईले दुई चरण गरी रामेछापका ६४ वटै वडामा राष्ट्रिय परिचयपत्र बनाउने बताएका थिए । उनका अनुसार प्रत्येक वडा कार्यालय मार्फत नामावली सङ्कलन गरेर अहिले सङ्कलन गरेको नामावलीको परिचयपत्र १ वर्ष पछाडि मात्र आउने छ । तर, मोबाइलमा आउने १० अङ्कको परिचयपत्र नम्बरले हरेक काम गर्न अब सजिलै सकिने छ । 

 

रामेछापमा गत २०७७ साल साउन १ गतेदेखि औपचारिक रूपमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सुरु भएको थियो । त्यस यता जिल्ला प्रशासनबाटै यो पत्र जारी हुँदै आएको छ । 

 

कुन पालिकामा कतिले बनाएको राष्ट्रिय परिचयपत्र तथ्याङ्कमा हेर्नुहोस् ।

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));