रामेछापमा स्ववियु निर्वाचनः हामी ७५ प्रतिशत भन्दा बढी मतले चुनाव जित्छौँ - कार्की

| चैत ४, २०७९ शनिबार

फाइल फोटो ।
A A A
A A A

४ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा भोलि हुन लागेको निर्वाचनमा आफ्नो‌ टिमको जित निश्चित रहेको संयुक्त गठबन्धन तर्फका उम्मेदवार अविनाश कार्कीले बताएका छन् । उनले तीन माउ पार्टी र यसमा आबद्ध सबै सङ्गठनहरू एक भएर लागेकाले आफूहरूको जित निश्चित रहेको बताएका हुन् । 

 

भोलि आइतबार जिल्लाकै एक मात्रै स्ववियु निर्वाचन हुने मन्थली स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा दुई समूहबिच रोचक प्रतिस्पर्धा हुँदै छ । नेपाली काँग्रेस निकट (नेविसंघ), नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी (एस) निकट अनेरास्ववियू तालमेल गरेको अवस्थामा आफ्नो टिमको जित निश्चित रहेको सभापतिको उम्मेदवार कार्कीले दाबी गरेका हुन् । आफ्नो टिमले ७५ प्रतिशत भन्दा बढी मतले चुनाव जित्ने उनको दाबी छ ।

 

आफ्नो नेतृत्वमा रहेको टिमका उम्मेद्वारहरु क्याम्पसका  नियमित विद्यार्थी रहेको, विद्यार्थीहरूको समस्यामा लड्दै आएको, शैक्षिक‌ आन्दोलनमा भाग लिइरहेको लगायतका कारणले पनि आफ्नो टिमको जित निश्चित रहेको उनले दाबी गरे ।

 

जिल्लाको शैक्षिक धरोहरको रूपमा रहेको मन्थली क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाउने योजना सहित निर्वाचनमा होमिएको बताउँदै आफ्नो टिमले जितेपछि आफूहरूले ल्याएको प्रतिबद्धता पुरा गर्ने सभापतिका उम्मेदवार कार्कीले बताएका छन् ।

 

कार्की स्नातक तह मानविकी सङ्काय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनीसँग एमाले निकट अनेरास्ववियुका पुष्कार भट्टराई प्रतिस्पर्धामा छन् । क्याम्पसमा ७१० मत रहेको छ । निर्वाचनको तयार भैरहेको र भोलि बिहान ८ बजेदेखि मतदानको व्यवस्था मिलाइएको जनाइएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));