मन्थली क्याम्पसमा स्ववियु निर्वाचन : कोषाध्यक्षमा बराबरी मत आएपछि आधा–आधा काम गर्ने सहमति

| चैत ६, २०७९ सोमबार

A A A
A A A

६ चैत, रामेछाप । कोषाध्यक्ष पदमा प्रतिस्पर्धी दुवै टिमको बराबरी मत आएपछि रामेछापको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आधा–आधा कार्यकाल काम गर्ने गरी सहमति गरिएको छ । 

 

गए राति सम्पन्न मतगणनामा स्ववियु नेतृत्वको लागि मैदानमा रहेका नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) कि उम्मेदवार कविता खरेल र एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी उम्मेदवार विनिता श्रेष्ठले २५१–२५१ मत पाएपछि आधा–आधा कार्यकाल काम गर्ने गरी सहमति गरिएको नेविसंघका नेता विमल पौडेलले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

क्याम्पसमा आइतबार भएको मतदानमा ७०३ मा ५१४ मत खसेको थियो । जसमा कोषाध्यक्षका दुवै तर्फका उम्मेदवारले बराबरी २५१–२५१ पाएका हुन् । अन्य पदमा भने गठबन्धनका उम्मेदवारले बहुमत सहित विजयी भएका छन् । त्यस्तै सचिवमा भने गठबन्धन तर्फका उम्मेदवार अखिल (क्रान्तिकारी) का तेजबहादुर श्रेष्ठ अनेरास्ववियुका उम्मेदवार सुशील थापासँग १६ मतले हारेका छन् । थापाले २६० मत पाएर जितेका हुन् । श्रेष्ठले २४४ मत मात्रै पाएका छन् । 

 

क्याम्पसको स्ववियु सभापतिमा भने नेविसंघका उम्मेदवार अविनाश कार्कीले ६३ मतान्तरले अनेरास्ववियुका उम्मेदवार पुष्कर भट्टराईलाई पराजित गरेका छन् । कार्कीले २८६ मत पाएर निर्वाचित भएका हुँदा भट्टराईले २२३ मत मात्रै पाएका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));