गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसः फाउन्डेसनले गर्‍यो स्ववियु निर्वाचनमा निर्वाचितलाई सम्मान र कोइरालाको चर्चा

| चैत ७, २०७९ मंगलबार

A A A
A A A

७ चैत, रामेछाप । गिरिजाप्रसाद कोइराला (जिपी) फाउन्डेसन  रामेछापले स्वर्गीय नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवस मनाएको छ । सोही अवसर पारेर जिपी फाउन्डेसन रामेछापले मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका नवनिर्वाचित स्ववियु पदाधिकारीलाई सम्मान समेत रहेको छ । 

 

फाउन्डेसनका अध्यक्ष दीपक खड्काको अध्यक्षतामा भएको स्मृति दिवस एवं सम्मान कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि ध्रुवहरि ढुङ्गेल, नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, काँग्रेसका पूर्व कोषाध्यक्ष कुमार श्रेष्ठ, नेविसंघका सभापति विनोद बुढाथोकीले गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा गरेको योगदानको बारेमा चर्चा परिचर्चा गर्दै सम्झना गरे ।

 

नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि ढुङेलले गिरिजाप्रसाद कोइराला एक शिखर व्यक्ति भएको स्मरण गर्दै कोइरालासँग आफूले गरेको सहकार्य सुनाए ।

आफ्नो धारणा राख्दै ध्रुवहरि ढुङ्गेल, तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

नेता ढुङ्गेलले कोइराला कहिले पनि पछि फर्केर हेर्ने काम नगरेकोमा जोड दिँदै आफ्नो मुद्दामा अडान भएर बस्ने,अडिक  नेताको रूपमा आफ्नो पहिचान बनाएको स्मरण गरे । सोही कुरालाई सुनाउँदै उनले अहिलेका स्ववियुमा निर्वाचित प्रतिनिधिले विद्यार्थीका मुद्दालाई यसरी नै बोक्न र बोल्न सक्नु पर्नेमा सुझाए । 

 

त्यस्तै काँग्रेस उपसभापति कार्कीले मुलुकमा लोकतन्त्र ल्याउन र बचाउन ठुलो योगदान गरेको चर्चा गर्दै सोही कार्यको लागि जीवन उत्सर्ग गरेको बताए । स्वर्गीय कोइराला कुनै पनि शक्तिसँग नडराउन, दृढ संकलप बोकेको व्यक्ति भएको दोहोर्‍याउँदै उपसभापति कार्कीले दिगो विकास र शान्ति स्थापनाको लागि अहम् भूमिका निर्वाह गरेको स्मरण गरे ।

सम्मानपत्र लिँदै नवनिर्वाचित स्ववियु सभापति अविनाश कार्की प्रदान गर्दै नेताहरु, तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स 

सम्मान कार्यक्रममा मन्थली क्याम्पसमा स्ववियु निर्वाचनमा कसैले हल्लाउन नसक्ने गरी काँग्रेसको बिरुवा उम्रिएको जिकिर गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ । 

 

नेपाली राजनीतिमा योगदान गर्ने दुई दर्जन बढी प्रमुख शीर्ष व्यक्तिको नाममा फाउन्डेसनहरू खोलिए पनि ती संस्थाहरू चलायमान हुन नसक्दा ती फाउन्डेसनहरूको औचित्य समाप्त हुन पुगेकोमा जिपी फाउन्डेसनका अध्यक्ष खड्काले दुःख व्यक्त गरे । नेपाली कांग्रेस रामेछापका पार्टी सचिव समेत रहेका खड्काले जिपी फाउन्डेसन अरू भन्दा चलायमान रहेको भन्दै आगामी दिनमा पनि यसरी अगाडि बढाउन सहयोग गर्ने आग्रह गरे ।

 

के-के भने खड्काले हेर्नुहोस् लाईभ भिडिओमा 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));