सहकारी दिवस : सामूहिक दौडको उपाधि सबै नवजागरणलाई, रक्तदान र दीप प्रज्वलन (फोटोफिचर)

| चैत २०, २०७९ सोमबार

A A A
A A A

२० चैत, रामेछाप । ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित ‘सामूहिक दौड’ प्रतियोगिताको उपाधि नवजागरण बचत तथा ऋण सहकारी संस्था मन्थलीले सबै आफ्नो पोल्टोमा पारेको छ । सोमवार दिवसको अवसरमा रामेछाप जिल्ला सहकारी संघले आयोजना गरेको दौड प्रतियोगितामा नवजागरण सहकारीबाट भाग लिएका प्रतियोगीले प्रथम, द्विति  र तृतीय स्थान हासिल गरेका हुन् । 

 

मन्थली स्थित करदाता सेवा कार्यालय देखि देवकोटा चोक हुँदै जिल्ला प्रहरी कार्यालय–जिल्ला आयुर्वेद कार्यालय–मन्थली बसपार्क पुगेर कटहरको बोट हुँदै जिल्ला समन्वय समितिको प्राङ्गण सम्म दौडिनु पर्नेमा नवजागरणका मनोज कार्की प्रथम, विपुल रोका द्वितीय र प्रकाश कार्की तृतीय भएका हुन् । उनीहरूले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद सहित प्रमाणपत्र पुरस्कार जितेका छन् । 

५० जना भन्दा बढी महिला र पुरुष सहभागी खुल्ला दौडमा भूत पूर्वक सैनिक साह कोषका भरत खड्का र कुमार बहादुर थापा सान्त्वना भएका छन् । उनीहरूले क्रमशः २ हजार, १ हजार सहित प्रमाणपत्र पाएका छन् । 

 

दौडमा विजेताहरूलाई संघका अध्यक्ष हिमाल ढुङ्गेल,जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की), मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे । 

दिवसको अवसरमा जिल्ला सहकारी संघले मन्थलीमा सबै सहकारीहरूको सहभागितामा खुल्ला दौड, रक्तदान गरेको छ । त्यस्तै आज साँझ दीप प्रज्वलनको कार्यक्रम गरी दिवस मनाउने संघका सचिव नवीन केसीले बताए । यो समाचार तयार पार्दा सम्म रक्तदान जिल्ला समन्वय समितिमा भइरहेको छ । भने, दीप प्रज्वलन आजै साँझ आफूलाई पायक पार्ने ठाउँमा गर्न संघले आग्रह गरेको छ । 

तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स