०८१ चैतमा रामेछाप नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा हुँदै, प्रमुखले भनिन् ‘घोषणा गर्ने आतुर छौँ’ (भिडिओ)

| चैत २४, २०७९ शुक्रबार

A A A
A A A

२४ चैत, रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले सबैको सहयोगमा नगरलाई तोकिएकै समयमा बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्न तयार रहेको बताएकी छन् । यो कार्यक्रमलाई घोषणा गर्न आफूहरूको एकलौटी प्रयासले मात्रै सफल नहुने भन्दै सम्बन्धित सबैले सहयोग गर्नु पर्नेमा उपप्रमुख कार्कीको जोड् छ । 

 

शुक्रवार नगरपालिकाको हलमा भएको बालमैत्री स्थानीय शासन युक्त तथा दिगोपनामा सञ्चारकर्मीको भूमिका विशेषक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन् ‘यसमा हाम्रो मात्रै कामले हुँदैन, यसमा वडाको प्रमुख भूमिका छ । हामीले जुन वडाले पहिले घोषणा गर्ने वातावरण तयार पार्छन् । हामीले सम्मान गर्छौँ भनेका छौँ । अझ सरोकारवाला सबैले १–१ वटा मात्रै दायित्व पूरा गर्दै गयौँ भने ५१ वटा सूचक पूरा गर्न कति पनि लाग्दैन ।’

 

अरु के-के भनिन् उपप्रमुख कार्कीले भिडिओमा हेर्नुहोस् 

नगरपालिकाले २०७८ साल फागुन ३ गते देखिनै बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने कार्यक्रम लागू भएको स्मरण गर्दै आफूहरू आएपछि पुनः सरोकारवालाहरुसंगको छलफलपछि निरन्तरता दिएको बताइन् । अहिले कार्यान्वयनको चरणमा रहेको उक्त कार्यक्रम अनुसार आगामी ०८१ साल चैत मसान्त सम्म नगरलाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने उपप्रमुख कार्कीले प्रतिबद्धता जनाइन् । 

उपप्रमुख कार्कीले थपिन हामी निर्वाचित भएपछि ९ वटै वडामा पुगेर विभिन्न तहमा छलफल गर्दै आएका छौँ । नगरमा बालबालिकाका विभिन्न समस्या रहेको उल्लेख गर्दै न्यूनीकरण गर्नको लागि लागेको र त्यसलाई सुधार गरेरै छाड्ने जिकिर गरिन् । 

रामेछाप जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन युक्त नगर बन्ने क्रममा अगाडि बढेको रामेछाप नगरपालिकामा विष्णु चौबेले घोषणाको लागि आवश्यक सहजीकरण गर्दै आएका छन् । चौबेले विभिन्न समयमा वडा–वडा टोल–टोल, घर–घर पुगेर बालबालिकाको समग्र वस्तु स्थित बुझेर कार्यक्रम गरिँदै आएको बताइएको छ । सोही अनुसार शुक्रवार ५१ वटा सूचक पूरा गरेर नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न सामूहिक प्रतिबद्धता सहित प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ । 

 

यी हुन् ५१ वटा सूचकहरु पढ्नुहोस् ।

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));