नेपाल टेड्र युनियन रामेछापको अध्यक्षमा अर्जनु श्रेष्ठ, सचिवमा मोतीलाल लामा

| बैशाख २३, २०८० शनिबार

A A A
A A A

२३ वैशाख, रामेछाप । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा अर्जुनबहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् । गत शुक्रवार जिल्ला सदरमुकाम मन्थलीमा भएको टेड्र युनियनको नौ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा चुनिएका हुन् । टेड्र युनियनको अध्यक्ष बनेका श्रेष्ठ पेसाले शिक्षक हुन् । उनी लामो समयदेखि पार्टीको शिक्षक सङ्घको विभिन्न पदमा बसेर जिम्मेवारी निर्वाह गर्दै आएका छन् । 

 


त्यस्तै उपाध्यक्षमा डोरबहादुर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला) मा रमिता राई( उपाध्यक्ष (महिला) मा मेनुका महत, उपाध्यक्ष (स्वरोजगार)मा कविता थापा चयन भएका छन् । त्यस्तै टेड्र युनियनको सचिवमा मोतीलाल लामा चयन भएका छन् । कोषाध्यक्षमा भने प्रतिभा बोहोरा (बि‍ क) चयन भएकी छन् । 

 


त्यस्तै सह–सचिवमा सजल घिसिङ, सविना पौड्याल चुनिँदा महिला सदस्यमा अनिता थापामगर, नरदेवी थापा र पुष्पा दाहाल  चुनिएका छन् । त्यस्तै दीपमाला खत्री, विमला कार्की, खट्कबहादुर खड्का, भुपालध्वज कार्की, मञ्जु हायु, विक्रम विसुन्के सदस्य बनेका छन् । 

 


त्यस्तै निवर्तमान अध्यक्ष समेत रहेका  पूर्णबहादुर सुवेदी सङ्घीय प्रतिनिधि बनेका छन् । प्रदेश प्रतिनिधिमा नीराजन घिसिङ, रमेश ढुङ्गेल र अप्रिल अधिकारी प्रतिनिधि बनेका छन् । टेड्र युनियनमा नेपाल शिक्षक संघ, नेपाल निर्माण श्रमिक संघ, नेपाल होटेल श्रमिक संघ, नेपाल प्रेस युनियन,नेपाल स्वास्थ्य कर्मी संघ, नेपाल स्थानीय कर्मचारी संघ र नेपाल व्युटिसियन संघ आबद्ध रहेका छन् ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));