मन्थलीमा विपद् पूर्व तयारी सम्बन्धि ‘डेमो’ पर्दशनी (फोटोफिचर)

| जेठ ५, २०८० शुक्रबार

A A A
A A A

५ जेठ, रामेछाप । मन्थलीमा विपद् पूर्व तयारी कृतिम घटना अभ्यास ‘डेमो’ पर्दशनी गरिएको छ । विपद्का घटनामा कसरी सचेत हुने र उद्धार, उपचार, पीडितहरू सुरक्षा लगायत घटनालाई नाटकको रूपमा चित्रण गरिएको हो ।

 

जिल्ला प्रशासन कार्यालय रामेछाप, नेपाली सेना नयाँ गोरख गण रामेछाप, मन्थली नगरपालिकाको विपद् व्यवस्थापन शाखा, नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापको समन्वय र जिल्ला प्रहरी कार्यालय रामेछाप, सप्रबल नेपाल आश्रित गुल्म रामेछाप र मन्थली माविको एनसिसि सहितको टोलीको सहभागितामा मन्थली स्थित आकाशे पुल मुनि संयुक्त टोलीले विपद् जन्य घटनाको उद्धार कसरी गर्ने सकिन्छ भनेर ‘डेमो’ प्रदर्शनी गरेको हो । 

बिहीबार प्रदर्शनी गरिएको उक्त ‘डेमो’मा पहिरोले घर–बास, जनधनको क्षति गर्दाको उद्धार, नदीमा आएको बाढीले बगाउँदाको उद्धार, नदीमा आएको बाढीले बस्ती बगाउँदाको उद्धार, नदीमा आएको बाढीले मान्छे बगाउँदाको उद्धार जस्ता विपद् जन्य घटनाको उद्धार गरिएको थियो । 

बर्खा याम सुरु हुन लाग्दै गर्दा बढी पहिरोले पर्न सक्ने भवितव्य घटनालाई लक्ष्ति गरेर उक्त डेमो प्रदर्शन गरिएको थियो । डेमो पर्दशनीमा जिल्ला सदरमुकाम मन्थली स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।