पकरबासमा एउटै वडामा दुई वटा वडा कार्यालय भवन बनाउने स्थानीय र वडा अध्यक्षबिच लिखित सहमति

| जेठ ८, २०८० सोमबार

वडा कार्यालय निर्माण हुने ठाउँ तस्बिर फाइल ।
A A A
A A A

८ जेठ, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासमा एउटै वडामा २ वटा वडा कार्यालय भवन बनाउने सहमति गरेको बाहिरिएको छ । वडा अध्यक्ष मनोज पौडेलले रामेछाप टाइम्ससंग भने ‘मैले भाडामा घर लिएर गरौँ भनेको उहाँहरूले मान्नु भएन । पालिकाले आउँदो बजेटमा छुटाउने भनिएको छ । माथि त बन्ने भयो । तर, म पनि बनाउन सहयोग गर्छु ।’ 

 

सो वडा अध्यक्षले अपायक ठाउँमा भवन निर्माण गर्न लागेको भन्दै स्थानीयले चर्को विवाद गरेका थिए । भने,चरणबद्ध आन्दोलन, वडा अध्यक्षमाथि हातपातको समेत प्रयास भएको थियो । त्यसपछि पालिकाको कार्यालयमा भएको सर्वपक्षीय बैठकमा ‘सेवा केन्द्र’को रूपमा अर्को पनि कार्यालय बनाउने लिखित निर्णयपछि वडा कार्यालय बन्ने बाटो खुलेको अध्यक्ष पौडेलले सुनाए । 

 

‘अर्को ठाउँमा सेवा केन्द्रको रूपमा बनाउने सहमति भयो । ५ सय मिटर वरपर बनाउने भनिएको छ’ अध्यक्ष पौडेलले भने ‘उहाँहरूले कसरी बुझ्नु हुन्छ । तर, म वडा कार्यालय नै भन्छु । माथि बनाउनको लागि बजेट छ । अब तलको लागि जग्गा छैन । उहाँहरूले सबै गर्नु भयो भने म पनि सहयोग गर्छु ।’

 

स्थानीय तह बनेको ६ वर्ष बितिसक्दा समेत वडामा अहिले एउटा भवन छैन । तर, अब दुई वटा भवन बनाएर सेवा दिने सहमति गरेका हुन् । ‘विवाद टुङ्गियो नले भने ‘अहिले सेवा केन्द्रको रूपमा अर्को पनि अर्को भवन मार्फत सेवा दिने, बनाउने सहमति गरिएको हो ।’

 

हाल वडा कार्यालय निर्माणको लागि पालिकाले ६८ लाख बजेट छुट्टाएको छ ।

 

सम्बन्धित समाचार 
पकरवास वडा भवन निर्माण विवादः अध्यक्ष भन्छन् ‘माथि गाउँलेले हातपात गरे, मोटरसाइकल पनि तोडफोड भयो’

पकरबास वडा कार्यालय निर्माण जटिल बन्दै : स्थानीयको चर्को बिरोध, तयार पारेको ‘लेआउट’ भत्काइदिए

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));