स्थानीय तहमा जनप्रतिनिधिले गर्ने कामबाट दलहरू रहनेकी नरहने टुङ्गो लाग्छ–सांसद श्रेष्ठ (भिडिओ)

| जेठ ८, २०८० सोमबार

फाइल फोटो ।
A A A
A A A

८ जेठ, रामेछाप । बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठले अहिलेका जनप्रतिनिधिले गर्ने कामबाट राजनीतिक दल रहनेकी नरहने भन्ने निश्चित हुने बताएका छन् । जनताले गरेका तमाम आवश्यकतालाई बुझ्दै प्रतिफल दिने गरी काम गर्नु पर्ने उनको भनाई छ । 

 

आइतबार सदरमुकाम मन्थलीमा जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिसंघको कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले ‘तपाईँहरूले गरेको कामबाट अबका राजनीतिक दल सचिनेकी सकिने अवस्था छ । तपाईँहरूले काम गर्नु भयो भने जनताले पुराना पार्टीलाई टिकाउँछन् ।अन्यथा त्यो परिस्थिति फेरिने अवस्था नहोला भन्ने सकिन्न ।’

 

पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले पार्टी भन्दा माथि उठेर बदलिएको परिस्थिति अनुसार काम गर्नु पर्नेमा जोड् दिए । ‘हिजोका प्रधानमन्त्री, मन्त्री, प्रदेशका मन्त्री, सांसद जस्तै तपाईँहरू हुनुभयो भने अब अवस्था उस्तै हुने छैन भन्दै सांसद श्रेष्ठले भने बदलिएको अवस्था अनुसार नयाँ काम गर्नु पर्छ ।’

 

सहित तथ्याङ्कको आज पनि सुनिश्चित हुन नसकेको र त्यसको कारण विकासमा प्रभाव परेको उल्लेख गरे । उनले पहुँचको आधारमा योजना ल्याउँदा विकासमा विवेद देखिएको बताए । 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));