किन जान्छ झ्याप–झ्याप बत्ती यस्तो छ वास्तविक कारण ? (भिडिओ)

| जेठ ९, २०८० मंगलबार

A A A
A A A

९ जेठ, रामेछाप । केही दिन यता रामेछाप सदरमुकाम मन्थलीमा बिजुली झ्याप–झ्याप जान थालेपछि यहाँका स्थानीय हैरान भएका छन् । मन्थलीको चर्को गर्मी त्यसमाथि पटक–पटक बिजुली गएर हैरान पार्न थालेपछि यहाँका स्थानीयहरू प्राधिकरणलाई दिनै किन बत्ती गएको भनी सोध्नै दर्जनौँ फोन गर्न बाध्य छन् । 

 

यही विषयलाई बुझ्न रामेछाप टाइम्स मंगलवार प्राधिकरणको कार्यालयमा पुग्दा पनि बत्ती थिए । करिब आधा घण्टको प्राधिकरण बसाइँमा बत्ती बलेन । यसरी किन पटक–पटक बत्ती गएको भनी प्रश्न गर्दा प्राधिकरण प्रमुख दीपेन्द्र बुढाथोकीले हाल भइरहेका सब–स्टेसन निर्माण, मौसमले पारेको असर भएको सुनाए । 

 

चालु आर्थिक वर्षको अन्त्य तिर आइपुग्दा संघुटार सब–स्टेसन, दोम्बा शैलुङ सब–स्टेसन खिम्त सब स्टेसन र गर्जाङ सब–स्टेसन निर्माण सम्पन्न भएको अवस्था प्राधिकरण प्रमुख बुढाथोकीले जानकारी गराए । भने, बाम्ति सब–स्टेसन सञ्चालनको अन्तिम तयारीमा रहेको बताए । हाल ८० किलोमिटर भन्दा लामो ढल्केवार सब–स्टेसनबाट विद्युत् आयात हुँदै आएको अवस्थालाई चिर्दै १५ किलोमिटर दूरीको खिम्ती सब–स्टेसन सञ्चालनमा आएमा झ्याप–झ्याप बिजुली जाने समस्याको अन्त्य हुने प्रमुख बुढाथोकीले बताए ।

 

 

‘अब एक हप्तामा काम सकिन्छ त्यसपछि त्यो समस्या न्यून हुन्छ । बिग्रिए पनि बनाउनको लागि तत्काल हुन्छ । अहिले झ्याप–झ्याप बत्ती जानुमा मौसम र सब–स्टेसन निर्माणको कामले पनि हो ।’

 

अहिले दैनिक १५÷२० पटक बिजुली आउने जाने गर्छ । खिम्ती सब स्टेसन सञ्चालन भएमा उक्त समस्याको अन्त्य हुने उनले भनाई छ ।

 

के-के गर्दै छ प्राधिकरण मन्थली हेर्नुहोस् भिडिओमा 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));