मन्थलीमा एक हप्ते उद्यमशिलता विकास तालिम सुरु

| जेठ ९, २०८० मंगलबार

A A A
A A A

९ जेठ, रामेछाप । रामेछापको मन्थलीमा एक हप्ते उद्मशिलता विकास तालिम सुरु भएको छ । जिल्लामै केही उद्म गर्ने योजनामा रहेका महिला पुरुषको सहभागिता रहेको उक्त तालिमले उद्यमी बन्न र स्थानीय स्रोत साधनको प्रयोग गरी उत्पादन गर्न प्रोत्साहन गर्ने आयोजक लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्व काठमाडौँकी उपसचिव विष्णु कुमारी भट्टराईले बताइन् । 

 

हामी आयात गर्ने बानीबाट मुक्त हुँदै स्थानीय स्रोत साधनको प्रयोगबाट निर्मित वस्तु तथा सेवाको वृद्धि गर्न जोड् दिनु पर्नेमा   उपसचिव भट्टराईले जोड् दिइन् । ‘म सबै लोकल सामान प्रयोग गर्छु । हामी सबै स्थानीय उत्पादनको प्रयोग गरौँ बाहिर बनेका वस्तुको आयात कम गरौँ । यसले उत्पादन भएका सामानको प्रयोग हुन्छ भने अर्को हाम्रो खपत पनि हुन्छ ।’

 

रामेछाप जुनार, सुन्तलामा परिचित जिल्ला भएको उल्लेख गर्दै यसबाट उत्पादित जुस, फललाई हामीले बढी खपत गर्नु पर्ने बताइन् । 

मंगलवार देखि सुरु भएको उद्मशिलता सम्बन्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरले यस्ता तालिमहरू सञ्चालन गरेर यहाँका युवालाई दक्ष बनाउन भूमिका खेलेकोमा खुसी व्यक्त गरे । 

 

माथिल्लो निकायबाट व्यवसायीहरूलाई सिप र यहीँ केही गरौँ भन्न प्रोत्साहन गर्दा आफूहरू पनि सक्दो सहयोग गर्न तयार रहेको बताए । 

 

मंगलवार देखि सुरु भएको उद्मशिलता सम्बन्धि तालिममा २५ जनाको सहभागिता रहेको रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नवीन के.सीले रामेछाप टाइम्सलाई जनाकारी दिए । उनका अनुसार सोही आयोजकले आउँदो ११ गतेदेखि लेखा व्यवस्थापकीय र १३ देखि लेबलिङ प्याकेजिङको तालिम पनि सुरु गर्दै छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));