रामेछापबाट १० महिनामा १२५० महिला सहित ६ हजार ३४९ जना बिदेसिए (भिडिओ)

| जेठ ९, २०८० मंगलबार

A A A
A A A

९ जेठ, रामेछाप । बितेको १० महिना (साउन–वैशाख) को अवधिमा रामेछापबाट ६ हजार बढी युवा शक्ति बिदेसिएका छन् । समग्र देशको नै मुख्य चुनौती बनेको युवालाई रोजगारी   दिन नसक्दा यी युवा खाडी मुलुक सहित विभिन्न देशमा पलायन हुने क्रम तीव्र बढेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाउँछ । तथ्यांक अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा ९ सय ९५ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै खाडीका देश र मलेसियामा नेपालीहरूको ज्यान गएको छ ।

मंगलवार मन्थली नगरपालिकाको सभा हलमा आयोजित सुरक्षित आप्रवासन परियोजना (सामी) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा १ हजार २५० जना महिला सहित ६ हजार ३४९ जना बिदेसिएका सुरक्षित आप्रवासन (सामी) परियोजनाका संयोजक दीपक केसीले जानकारी दिए । 

 

उनका अनुसार कोरोना महामारीको कारणले केही वर्ष यता बिदेसिने क्रम कम हुँदै गएकोमा सङ्क्रमण कम हुँदै गएपछि यो सङ्ख्या दिनानू दिन बढ्दै गएको छ । यसरी हाम्रो जिल्लाबाट अधिकांश युवाहरू खाडी मुलुकमा अदक्ष कामदारको रूपमा बिदेसिने गरेको तथ्याङ्कले देखाउँछ । 

 

चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि वैशाख महिनासम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट ८ हजार ८५९ जनाले पासपोर्ट लिएका सामीको तथ्याङ्कले देखाउँछ । सामीको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक तथ्याङ्कमा जिल्लाबाट रोजगारीको लागि अधिकांश युवाहरू खाडी मुलुक मलेसिया, (युएई), कतार, बहराइन, कुवेत, साउदी अरब र ओमान लगायतका देशमा गएको देखियो । 

वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन स्विस सरकारको आर्थिक सहयोगमा २०८१ साल असार मसान्तसम्म सञ्चालन हुने गरी सञ्चालित उक्त परियोजनाले जिल्लाका ४ स्थानीय तहमा जनचेतना मूलक, तालिम, परामर्श, छलफल, अन्तरक्रिया, पीडितलाई न्याय प्रदान, राहात, सहकार्य सहित वैदेशिक रोजगारीको बारेमा विस्तृतमा काम गर्दै आएको छ । सोही कार्यलाई समेत पत्रकार अन्तरक्रियामा (सामी) ले सार्वजनिक गरेको थियो । 

रोजगारीको क्षेत्र नहुँदा बाहिरिनु पर्ने बाध्यता रहेको सुनाउँदै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले सिप सिकेर जानु प्रोत्साहन गर्नु पर्नेमा जोड् दिएका छन् । उनले भने ‘यो कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा जानेलाई आवश्यक सिप प्रदान गर्ने, विदेश गएकाहरूको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, विदेश गएपछि विभिन्न समस्यामा परेका र उनीहरूका परिवारलाई आवश्यक परामर्श तथा सहयोग गर्नु राम्रो हो । यसलाई अझ राम्रो बनाउँदै लानु पर्ने देखियो ।’

भिडिओ हेर्नुहोस्

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));