उच्च अदालतले बिनु र प्रदीपको सम्बन्ध बिच्छेद्को फैसला उल्ट्याइदियो, ‘डिभोर्स’ नहुने

| जेठ १०, २०८० बुधबार

A A A
A A A

१० जेठ, रामेछाप । पछिल्ला विभिन्न घटनाको कारण चर्चामा आएकी बिनु यादव र रामेछापका प्रदीप कठायतको विवाह सम्बन्धि मुद्दामा जिल्ला अदालत रामेछापले गरेको सम्बन्ध बिच्छेद् (डिभोर्स) को फैसला उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । मंगलवार भएको फैसलाले बिनुको पक्षमा फैसला गरेको उच्च अदालत पाटनकी उपरजिस्ट्रार एवं प्रवक्ता मन्दिरा शाहीले रामेछाप टाइम्सलाई जानकारी दिइन् । बिनुको सिरहा घर हो भने बुवाको जागिरका कारण लामो समयदेखि सोलु खुम्बुको नेलेमा बस्दै आएकी बताउने गरेकी छन् । 

 

उच्च अदालत पाटनकी उपरजिस्ट्रार एवं प्रवक्ता शाहीले भनिन् ‘सम्बन्ध बिच्छेद्को फैसला उल्टिने भयो । सम्बन्ध कायम रह्यो भन्ने फैसला भयो । अंश बण्ड पनिको पनि उल्टियो । दिनु नपर्ने भयो । भने, मानो–चामलको मुद्दा भने जिल्ला अदालतले गरेको ९ हजार भराउने फैसला सदर भयो ।’ माना चामलको मुद्दामा भने मिति टरेकाले उच्चले जिल्ला अदालतको फैसला सदर गरिएको बताइएको छ । 

न्यायाधीश सुभाष पौडेल र सूर्य कुमार पौण्डेको संयुक्त इजलासले मंगलवार गरेको फैसलाले बिनुको पक्षमा फैसला गरेको प्रवक्ता शाहीले जानकारी दिइन् । २०७९ साल असार १६ गते बिनुले जिल्ला अदालतको फैसला मान्य नहुने भन्दै उच्चमा मुद्दा दर्ता गरेकी थिइन् । 

 

२०७९ साल वैशाख ७ गते जिल्ला अदालत रामेछापका न्याधिश बद्रीप्रसाद वलीको एकल इजलासले सम्बन्ध बिच्छेद्को फैसला गरिदिएको थियो । बिनु र प्रदीपबिच २०७७ साल जेठ ४ गते विवाह दर्ता गरेको प्रमाण देखिन्छ । विवाह गरेको लामो समयपछि मात्रै विवाह दर्ता गरिएको बिनुले बताउँदै आएकी छन् । 

बिनु र प्रदीपको विवाह दर्ता प्रमाणपत्र

हाल बिनु आफू घरेलु हिंसामा परेको भन्दै काठमाडौंका विभिन्न ठाउँमा न्यायको माग गर्दै आमरण अन्सनमा बस्दै आएकी छिन् । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));