जरिवाना असुलेर राजश्व संकलन गर्ने प्रहरीको काम हैन–प्रदेश प्रहरी प्रमुख राणा (भिडिओ)

| जेठ ११, २०८० बिहिबार

A A A
A A A

११ जेठ, रामेछाप । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रहरी राजश्व संकलन केन्द्र  नभएको बताएकी छन् । ‘त्यो हाम्रो दायित्व हैन । नियम भन्दा बाहिर हुने चालकहरूलाई चरणबद्ध रूपमा आग्रह गर्ने हो । विभिन्न बहानामा जरिवाना असुलेर राजश्व वृद्धि गर्नु प्रहरीको लक्ष्य नभएको उनको भनाई छ । 

 

बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी समालेपछि बिहीबार पहिलो पटक जिल्ला प्रहरी कार्यालय रामेछापको अनुगमन एवं अवलोकन गर्न टोली सहित आएकी राणाले जरिवाना असुल्नेमा  मात्रै नभएर नागरिकलाई विधि, कानुन र प्रमाणको आधारमा अगाडि बढ्नको लागि आफूहरूले काम गर्न सक्नु पर्नेमा जोड् दिएकी हुन् । 

 

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, २ नं का वडा अध्यक्ष सुरेन्द्र कार्की, जिल्लामा सक्रिय विभिन्न सञ्चारमाध्यमका पत्रकार, सञ्चारकर्मीहरू, कानुन व्यवसायी एवं नेपाल बार रामेछापका  अध्यक्ष पाण्डप प्रसाईँ, रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, व्यापार–व्यवसायी, पूर्व प्रहरी सहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा भेटघाट गर्दै जिल्लाको समग्र विषय वस्तुको बारेमा जानकारी लिइन् ।

समस्या भएका र समाधान गर्न सक्ने विषयमा उनले प्रतिबद्धता जनाउँदै भनिन् ‘नागरिकको सुरक्षा हाम्रो दायित्व हो जिल्लामा आवश्यकता रहेका ठाउँमा अस्थायी प्रहरी पोस्ट राख्न मेरो ध्यानाकर्षण नभएको हैन । तर, पूर्वाधार तयार हुनु पर्‍यो ।’ 

 

बागमती प्रदेशमा सवारी दुर्घटना अधिक रहेकाले त्यसलाई न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको दाबी गरिन् । यद्दयपी यहाँका व्यवसायीहरूले भने काठमाडौँ जान खुर्कोट देखि काभ्रेभञ्जाङ सम्म लगाउँदै आएको टाइम कार्ड हटाउनु पर्ने मागमा महानिरीक्षक राणाको ध्यानाकर्षण गराएका थिए । 

जिप्रकाको स्थलगत अनुगमनपछि नायव महानिरीक्षक राणाले होमबहादुर पराजुली (डिएसपी) को नेतृत्वमा रहेको रामेछाप प्रहरीको काम सन्तोष जनक भएको तर्क गरिन् । 

 

त्यस्तै जिल्लाको उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत कम्पनीले स्थानीयलाई पारेको समस्याको बारेमा जानकार रहेको बताउँदै शुक्रवार त्यसतर्फ विज्ञ सहितको टोलीले स्थलगत अनुगमन गर्ने र त्यसपछि के गर्न सकिन्छ भन्ने बारेमा थप जानकारी हुने बताइन् । 

सो अवसरमा मन्थली नगर प्रमुख श्रेष्ठले जिल्लाको समग्र स्थितिसँगै नगरको सुरक्षा बारेमा जानकारी  गराउँदै नगरको केही वडामा अस्थायी प्रहरी पोस्ट राख्न माग गरे । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));