राष्ट्रिय सहकारी महासंघ नेपाल रामेछाप १३ बुँदे माग गर्दै आन्दोलित, यस्तो छ उसको माग ?

| जेठ १४, २०८० आइतबार

A A A
A A A

१४ जेठ, रामेछाप । राष्ट्रिय सहकारी महासंघ लि.नेपाल रामेछाप आन्दोलित भएको छ । सहकारी क्षेत्रलाई उपेक्षित गरिएको भन्दै विभिन्न माग गर्दै महासंघ आन्दोलित भएको महासंघले जनाएको छ । महासंघले विभिन्न १३ बुँदै माग गर्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीलाई जिल्ला प्रशासन कार्यालय रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत माग पत्र पेस गरिएको छ । 

सहकारी अभियानको प्रवर्द्धन र यस प्रतिको विश्वास वृद्धिका लागि नेपालको सहकारी अभियानको तर्फबाट वैशाख १७ गते १३ बुँदे मागहरू प्रस्तुत गरी उक्त मागहरू १५ दिन भित्र कार्यान्वयन गर्न आग्रह गर्दा उक्त माग हालसम्म पनि माग सम्बोधन नभएको भन्दै महासंघले चरणबद्ध आन्दोलन गर्न बाध्य भएको समेत ठहर गरेको पत्रमा उल्लेख छ । 

आइतबार महासंघले हाल ७४ लाख भन्दा बढी सहकारी अभियन्ताले  आम नेपाली जनताहरूलाई आबद्ध गरी करिब ७ खर्ब भन्दा बढी पूँजीको परिचालन गर्दै १ लाख भन्दा बढी जनतालाई प्रत्यक्ष रोजगारी साथै उत्पादन वृद्धि, आय आर्जन, स्वरोजगार सृजना तथा गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूको कारोबारको सुरक्षा तथा जोखिम न्यूनीकरणका लागि सहकारी ऐन तथा नियमावलीमा भएका प्रावधानहरू कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोषको स्थापनामा ढिलाइ हुँदा सहकारी क्षेत्र थप प्रभावित भएको जनाएको छ ।

महासंघले भनेको हाल व्यापार व्यवसायमा आएको मन्दीका कारण लिएको ऋणको साँवा र व्याज नतिर्दा सहकारी संस्थाहरूको सम्पत्ति र दायित्वको व्यवस्थापनमा कठिनाइ भएको छ । साथै ‘सहकारी अभियानलाई नै बदनाम गर्ने मनसायका साथ उच्छृङ्खल क्रियाकलापहरू भएका छन् ।’ 

 

यस्ता छन् मगहरु हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));