गणतन्त्र दिवस : रामेछापकी सिडिओ सहितको ‘जम्बो टोली’को सुनकोशीमा रमाइलो, २ जना कर्मचारी प्रशासनमा टुप्लुक्क (भिडिओ)

| जेठ १५, २०८० सोमबार

A A A
A A A

१५ जेठ, रामेछाप । आज १६ औँ गणतन्त्र दिवस । देशका विभिन्न जिल्लामा विविध कार्यक्रम गरी मनाइँदै छ । तर, रामेछापमा सरोकारवालाहरूको तर्फबाट कुनै कार्यक्रम पनि आयोजना गरिएन । भएन । किन गणतन्त्र दिवसको दिन कार्यक्रम गरिएन यसमा राजनीतिक दलका प्रमुखहरू पनि अनविज्ञ छन् । तर, कार्यक्रम नगर्नुको मुख्य कारण हो, प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहितको टिमको अपत्यारिलो व्यस्तता । हामीले यसबारेमा सम्पर्क गरी बुझ्ने खोज्दा सिडिओ निरौलाले भनिन् ‘अहिले बाहिर छु पछि कुरा गरौँला ।’ 

 

प्रजिअ सहितको ‘जम्बो टोली’ सोमबार बिहानै चार वटा सरकारी गाडीसहित जिल्ला बाहिरिए । उनी जिल्ला बाहिर पनि कुनै औपचारिक कार्यक्रमको लागि गएकी हैनन् । प्रशासनको दुई वाट, मन्थली नगरपालिका र कोलेनीकाको १–१ वटा गाडी लिएर उनीहरू दिवसलाई रमाइलो तरिकाले मनाउन गएको सोही टोलीमा सहभागी एकले रामेछाप टाइम्सलाई बताए । ‘तपाईँले सुनेको ठिकै हो । हामी फर्किँदै छौँ ।’ तर, उनले कुन ठाउँ गएर फर्किएको खुलाउन चाहेनन् । सिधासिधि भन्दा प्रमुख जिल्ला जिल्ला अधिकारी निरौलासहितको टोलीले सार्वजनिक बिदाको दिन गाडीको दुरुपयोग गर्दै रमाइलोमा गएका हुन् । स्रोतका अनुसार उनीहरुको जम्बो टोली सुनकोशी नदी सिन्धुली तर्फ गएका हुन् ।

 

उसो तः गृह मन्त्रालयले सार्वजनिक बिदाको दिन पनि अति आवश्यक पर्ने सेवा नागरिकलाई प्रदान गर्ने यस अगाडि नै निर्णय गरी सकेको छ । प्रशासन आफैले पनि सार्वजनिक बिदाको दिन पनि सेवा सुचारु राख्ने भन्दै निर्णय नै सार्वजनिक गरेको थियो । तर, आफैले गरेको निर्णयलाई लत्त्याउँदै प्रजिअ निरौला सहितको जम्बो टोली गणतन्त्र दिवसको मुख्य जिम्मेवारीलाई लतार्दै कामबाट पन्छिएको हो ।

 

प्रजिअ निरौला तीनै प्रमुख जिल्ला अधिकारी हुन् जो रामेछाप आएर पत्रकार भेटघाट कार्यक्रममा आफू हाजिर भएपछि कुनै पनि काम वा कार्यक्रममा एक मिनेट पनि समय खेर नफाली जनताको सेवामा प्रतिबद्धता गर्छु भन्ने । तर, उनै प्रजिअ जिल्ला आएको डेढ महिनापछि भने नागरिकलाई सेवा बाटै वञ्चित हुनु पर्ने अवस्थामा पुर्‍याएकी हुन् । 

सोमबार सुनसान जिल्ला प्रशासन कार्यालय, तस्बिर मिलन घिमिरे रामेछाप टाइम्स

कार्यालयमा आफ्नो पालो परेर आएको अरू कता गए भन्ने आफूलाई थाहा नभएको प्रशासनमा भेटिएका कर्मचारीको भनाई छ । 

 

गणतन्त्र दिवसको दिन पनि जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाहगरि हर्ष उल्लासले गणतन्त्र दिवस मनाउनु पर्ने मुख्य भूमिकामा रहेकी प्रजिअले गरेको यो काम नेपाल सरकारको विधि अनुसार नभएको नेपाली काँग्रेसका नेता धुब्रहरि ढुङ्गेलले बताए । 

 

प्रतिनिधिले यसरी मनाउनु ‘रोमान्टिक गणतन्त्र’ कार्यक्रमको संज्ञा दिए

रामेछाप प्रशासनले राजतन्त्रको शैलीमा एक सूचना निकाले आँखा छल्ने काम गर्नु गम्भीर प्रश्न उब्जिएको छ नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले भने । विगतमा सरसफाइ, र्‍याली, गोष्ठी हुन्थ्यो यो पल्ट गरिएन कुरो यस्तो रहेछ, उपसभापति कार्कीले भने ‘यो सरासर गलत हो ।’

 

त्यस्तै एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य  एवं अधिवक्ता झम्क कँडेलले गणतन्त्रलाई सरकारका प्रतिनिधिले यसरी मनाउनु ‘रोमान्टिक गणतन्त्र’ कार्यक्रमको संज्ञा दिएका छन् । ‘यसरी मनाउनु भएको रोमान्टिक गणतन्त्र हो, त्यो हामीलाई पच्ने कुरा होइन ।’ 

 

हिजो आइतबार प्रशासनले गणतन्त्र दिवस भव्य तरिकाले ३ दिन मनाउन भन्दै एक सूचना प्रकाशन गरेको थियो । 

 

जिल्ला प्रशासन २ जना कर्मचारीबाट

सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गर्ने सूचना जारी गरेर आम नागरिकको आँखामा सेवा मुखी देखिएको प्रशासन सोमबार भने दुई जना कर्मचारीबाट चल्दै थियो । हाम्रो टोली जिल्ला प्रशासन कार्यालय पुग्दा दुई जना कर्मचारीमा सीमित गराएर सेवा लिन आउने नागरिक भने रित्तो हात फर्किँदै थिए ।

 

‘सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह हुन्छ भन्ने थाहा पाएर आएको थिए । तर, कुरा मात्रै रहेछ । कर्मचारी नभएर नागरिकताको काम भएन त्यसै फर्किनु पर्‍यो’ मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका स्थानीय रामबहादुर कार्कीले भने । 

प्रजिअ अनिता निरौला, तस्बिर फाइल

कार्यालयमा राष्ट्रिय परिचयपत्रको सेवाबाहेक अन्य सेवा दिने कर्मचारी नपाइएको सेवाग्राहीले गुनासो गरेका हुन् । 

 

त्यस्तै बागमती प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले पनि सेवा दिन्छु भनेर कार्यालय बन्द गरेर हिँड्ने कुरा गलत भएको बताए । सेवा दिन नसक्ने भए त्यस्तो सूचना जारी गर्नु नहुने उनको भनाइ छ । उनले भने ‘देश भरी नै गणतन्त्र दिवस भव्य रूपमा मनाउन सर्कुलर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारी त्यसको अवज्ञा गरेर हिँड्नु गम्भीर हो, ’ सांसद श्रेष्ठले भने ‘गणतन्त्र दिवसको सर्कुलर नै नमानेर नमनाउनु गम्भीर राजनीतिक प्रश्न हो ।’

 

यसमा रमाइलो कुरा के छ भने सोमबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, सूचना अधिकारी अस्मिता बानिया लगायत सबै कर्मचारीको फोन लागे .। लागेपनि कति पएले उठाएनन् । धेरैले फोन अफ गरेर बसे । 

 

भिडिओमा हेर्नुहोस् 

 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));