मन्थलीको मच्छेडाँडीमा गाडी पल्टिँदा चालक र सहचालक घाइते

| जेठ १८, २०८० बिहिबार

A A A
A A A

१८ जेठ, रामेछाप । मन्थली स्थित मच्छेडाँडीमा सामान ढुवानी गर्ने गाडी पल्टिएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । बिहीबार साँझ ६ : ३० बजेको समयमा रामेछा पडाँडाबाट मन्थली तर्फ आउदै गरेको प्र ३-०१-०२२ च ७५६८ नं. को खाद्यान्न सामान सेल्स गर्दै हिडेको फोर्स गाडी सडकमा आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

गाडी दुर्घटनामा परेका सोही गाडीका चालक र सहचालकलाई उद्धार गरी मन्थली देवकोटा चोक स्थित रामेछाप सामुदायिक अस्पतालमा ल्याइएको र उपचार भइरहेको जिप्रकाका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

दुर्घटनामा सोही गाडीका चालक मन्थली नगरपालिका वडा नं १३ फुलासी बस्ने अन्दाजी २१÷२२ वर्षीय सुजन भुजेल र ललितपुर जिल्लाको ललितपुर नगरपालिका वडा नं २५ बस्ने अन्दाजी ४७ को प्रकाश आचार्य घाइते भएका छन् । । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));