काँग्रेस रामेछापले फुलासीका सभापति अधिकारीको निलम्बन फुकुवा गर्दै पुनः सभापतिको जिम्मेवारी दियो

| जेठ १८, २०८० शुक्रबार

A A A
A A A

१९ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले मन्थली नगरपालिका वडा नं १३ का ओमकार अधिकारीमाथिको कारबाही फुकुवा गरेको छ । साथै उनलाई सो वडाका पार्टी सभापतिको जिम्मेवारी समेत प्रदान गरेको छ । 

 

 

बिहीबार एक पत्र जारी गर्दै जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले गत २०७९ साल वैशाख ३० गतेको स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिँदा पार्टीको जिम्मेवारीबाट स्वतः मुक्त गरेको थियो । तर, २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रूपमा परिचालित भएपछि अधिकारीलाई पुनः निलम्बन फुकुवा गरेको उल्लेख गरिएको छ । 

 

सभापति तामाङले जारी गरेको पत्रमा ‘तपाईँलाई वडा सभापति कै जिम्मेवारी पुनः प्रदानगरि त्यस वडामा पार्टीका सम्पूर्ण कार्यक्रमहरू सञ्चालन गर्न जिम्मेवारी प्रदान गरिएको छ’, उल्लेख छ । 

 

पत्र हे्नुहोस्

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));