मन्थली बजारमा १५ वर्षीय बालकले झुन्डिएर आत्महत्या गरे

| जेठ १९, २०८० शुक्रबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१९ जेठ, रामेछाप । मन्थलीमा १५ वर्षीय बालकले झुन्डिएर आत्महत्या गरेका छन् । 

 

मन्थली बजारबाट होटेल पाहुना घर हुँदै भैशेश्वर निस्कने सडक तर्फको मध्यमार्गी टोलमा खाँडादेवी गाउँपालिका वडा नं ८ घर भई कोठा लिएर बस्दै आएका छविलाल श्रेष्ठका १५ वर्षको जेठो छोरा आदित्यले कोठाको फ्यानमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘कारण खुलेको छैन । अनुसन्धान गर्दैछौं । पोस्टमार्टम लागि पटाउँछौँ ।’

 

छविलालका जेठो छोरा आदित्य विगत ४ वर्षदेखि बाथ रोगबाट पीडित थिए । उनले बिहीबार राति अन्दाजी ३ बजे पंखामा (फ्यान) पासो लगाएर झुन्डिएको अवस्थामा बुबाले फेला पारेका हुन् । 

 

परिवारसँगै सुतेका आदित्यले सँगै रहेको अर्को कोठामा मृत फेला परेको सूचना अधिकारी थापाले बताए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));