शारीरिक रूपमा अशक्त प्रदेशका पत्रकारलाई ३ दिने क्षमता अभिवृद्धि तालिम रामेछापमा सुरु

| जेठ २०, २०८० शनिबार

A A A
A A A

२० जेठ, रामेछाप । रामेछापमा शारीरिक रूपमा अशक्त (अपाङ्गता) भएका पत्रकारलाई  क्षमता अभिवृदि सम्बन्धि ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । 

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज‌) बागमती प्रदेशको आयोजनामा पत्रकारितामा अपाङ्गताको सवालमा विषयक तालिम शुक्रवारबाट मन्थलीमा सुरु भएको हो ।  (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता सुरु भएको सो तालिम मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्घाटन गरेका हुन् । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले राज्यको चौथो अंग पत्रकारले सीमान्तकृत एवं अल्पसङ्ख्यकहरूको आवाजलाई बढी बाहिर ल्याउनु पर्नेमा जोड् दिए । पत्रकारहरूलाई बेला–बेलामा दिइने तालिमले उनीहरूको लेखन क्षमता वृद्धि भई थप ऊर्जा मिल्ने उल्लेख गर्दै नगरले पनि पत्रकारहरूको क्षमता वृद्धिको लागि सहयोग गर्ने बचन दिए । 

बागमती प्रदेशका १३ जिल्ला मध्ये १२ जिल्लाबाट २–२ जनाको सहभागिता रहेको तालिममा पत्रकारिता विभिन्न विषयमा छलफल गरिने आयोजकले जनाएको छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));