विश्व वातावरण दिवसको अवसरमा मन्थली–२ मा रोपियो ३ सय बढी बिरुवा

| जेठ २२, २०८० सोमबार

A A A
A A A

२२ जेठ, रामेछाप । आज विश्व वातावरण दिवस रामेछापमा पनि वृक्षारोपण गरी मनाइएको छ । नगरपालिकाको वडा नं २ टेकानपुरको जंगलमा वृक्षारोपण गरेर मनाइएको हो । 

 

वडा नं २ वडा कार्यालयसँगको समन्वय तथा डिभिजन वन कार्यालय रामेछाप र भू–तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण गरिएको सो वडाका अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

 

उनका अनुसार सोमबार बिहान करिब ३ सय वटा बिरुवा रोकिएको छ । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ल अधिकारी अनिता निरौलाले बिरुवा रोपेर सुरु भएको दिवसमा विभिन्न जातका बिरुवा रोपिएको हो । 

वृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुली, नेपाली सेना, सशस्त्र प्रहरी, विभिन्न कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, नागरिक संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

 

दिवसको अवसरमा रोपिएका बिरुवाको स्थानीय सामुदायिक वन उपभोक्ता समितिले संरक्षण गर्ने भएको छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));