रामेछाप प्रशासन र लिखु–२ का कर्मचारीले एकलौटी निर्णय गरेपछि काँग्रेसको आपत्ति, ‘सिडिओ’ले साँठगाँठ र स्वार्थमा केन्द्रित निर्णय गरेको आरोप

| जेठ २२, २०८० सोमबार

A A A
A A A

२२ जेठ, रामेछाप । नेपाली काँग्रेस रामेछापले लिखु–२ हाइड्रोपावरको टेस्टिङको लागि सुरुङमा हालेको पानी चुहिएको घटनामा पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय रामेछाप र आयोजनाबिच भएको निर्णय प्रति आपत्ति जनाएको छ । 

 

उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलको पेकारनास, बच्छीका प्रभावितहरूको सुरक्षित स्थानान्तरण गर्ने विषयमा पटक–पटकको छलफललाई पत्याउँदै आएको लिखु-२ निर्माण कम्पनी ग्लोबल हाइड्रोपावरले शनिवार स्थानीयहरूले २४ घण्टे अल्टिमेटम सहित प्रशासनमा उजुरी दिएपछि आइतबार प्रशासनको सम्पर्कमा आएपछि प्रशासन र आयोजनाबिच छलफल तथा निर्णय भएको थियो । 

 

जिल्ला प्रशासन कार्यालयमा आइतबार प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सहित प्रशासनको टोली र आयोजनाबाट दीपक नेपालको नेतृत्वमा आएको ४ सदस्य टोलीले मात्रै निर्णय गरेपछि एकलौटी ढंगले स्थानीयहरूलाई थप पीडित बनाउने उद्देश्यले निर्णय गरेको भन्दै काँग्रेस रामेछापले सोमबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । उसले पीडित स्थानीय र कुनै राजनीति दल, पत्रकारहरूको उपस्थितिमा निर्णय गर्नु गलत रहेको ठहर गरेको छ । 

 

‘त्यो बस्तीमा कुनै पनि समयमा अप्रिय घटना घटन गई जनधनको क्षति हुन गएमा प्रमुख जिल्ला अधिकारी त्यसको जिम्मेवार हुनुपर्नेछ । साथै सजायको भागे दार समेत हुनुपर्ने छ,

 

पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले आइतबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा ‘कुनै पनि सरोकारवाला पक्षसँग सरोकार नराखी हाइड्रोका प्रतिनिधिहरुसँग मात्र बैठक बसी पीडितहरूलाई थप पिडा हुने गरी निर्णय गरेकोमा काँग्रेस रामेछापको गम्भीर ध्यानाकर्षण भएको छ,’ भनिएको छ । रामेछाप प्रशासनले यस्तो निर्णयले हाइड्रोपावरलाई उन्मुक्ति दिने गरी आफू खुसी गरेको काँग्रेसको आरोप छ । 

१८ गते जिसस हलमा पीडित स्थानीयहरु सहित सरोकारवालाहरु । आयोजनाको तर्फबाट बैठकमा सहभागी नभपपछि बैठक टुङ्गिएको थियो । तस्बि मिलन घिमिरे/ रामेछाप टाइम्स 

साथै हाइड्रोपावरसँगको गोप्य साँठगाँठ र स्वार्थमा त्यहाँका नागरिकहरू माथि (सिडिओ) ले गरेको गम्भीर हर्कत निन्दनीय भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

गत १८ गते जिल्ला समन्वय समितिमा भएको पूर्व सांसद, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षानिकायका प्रमुखहरू र पत्रकार एवं सञ्चारकर्मी सहित उपस्थित बैठकमा (सिडिओ) ले त्यो दिन सम्म लिखु–२ ले पारेको असरबारे निकै राम्रो भूमिका खेलेको भन्दै (सिडिओ) को प्रशंसा गरेका सांसद समेत रहेका काँग्रेस सभापति (कान्छाराम) ले हाइड्रोपावर प्रशासनको सम्पर्कमा आएपछि एका–एक (सिडिओ) ले मात्रै निर्णय गरेको प्रति असन्तुष्टि जनाउँदै भनेका छन्  ‘त्यो बस्तीमा कुनै पनि समयमा अप्रिय घटना घटन गई जनधनको क्षति हुन गएमा प्रमुख जिल्ला अधिकारी त्यसको जिम्मेवार हुनुपर्नेछ । साथै सजायको भागे दार समेत हुनुपर्ने छ,’ चेतावनी सहित भनेका भनेका छन् ।  

 

प्रेस विज्ञप्ति हेर्नुहोस् ।

यो पनि पढ्नुहोस्
लिखु–२ः प्रभावित स्थानीयले दिए ‘दुगर्ड’ कम्पनीलाई २४ घण्टाभित्र नियन्त्रणमा लिएर माग पुरा गर्नु पर्ने अल्टिमेटम सहित प्रशासनमा उजुरी
लिखु–२ः सुरुङमा पानी हाल्न बन्द, जम्मा भएको पानी आयोजनाले नफाल्दा समस्या जस्ताको तस्तै
लिखु–२ः सांसद, स्थानीय र आयोजनाबिचको छलफल माग पूरा नभएको भन्दै असफल, अब प्रशासनमै आउने

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));