लिखु तामाकोशीका पसल अनुगमन्ः कुनै पसल दर्ता छैनन्, कुनै म्याद् गुज्रेका सामाग्री बेच्दै (फोटोफिचर)

दर्ता नभएका पसललाई ७ दिनमा दर्ता हुन आग्रह

| असार २६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२६ असार, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका भित्रका सबै पसलहरुको अनुगमन गरिएको छ । अनुगमनको क्रममा विभिन्न पसलबाट म्याद् गुज्रेका सामाग्रीहरु ठूलो परिमाणमा जफत गरिएको छ  ।

शुक्रबार मूल्यवृद्धि, कालोबजारी नियन्त्रण तथा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने वस्तुहरुको बिक्रि वितरणमा नियन्त्रण गर्ने उदेश्यले लिखु तामाकोशी गाउँपालिकाका मुख्य बजार हरुको अनुगमन गरिएको घरेलु तथा साना उधोग कार्यालय मन्थली रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

अनुगमनको क्रममा खाध्यन्न पसल, किराना पसल, फलफूल पसल, होटल, सुनचाँदी पसल, कपडा तथा फेन्सी, भाँडा पसल र औषधी पसलहरुको अनुगमन गरिएको हो । 


घरेलु तथा साना उधोग कार्यालय रामेछापको संयोजनमा जिल्ला प्रशासन कार्यालय रामेछाप, रामेछाप उधोग वाणिज्य संघ रामेछाप, नेपाल पत्रकार महासंघ रामेछाप र उपभोक्ता हित संरक्षण मञ्च रामेछापको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । 

टोलीले पालिका भित्रका ४३ वटा पसलहरुको अनुगमन् गरेको अनुगमन टोलीका एक सदस्यले रामेछाप टाइम्सलाई जानकारी दिए । 

त्यस्तै अनुगमनको क्रममा दर्ता नगरी संचालनमा रहेका ३ वटा पसलहरुलाई ७ दिन भित्र सम्बन्धित गाउँपालिका वा घरेलु तथा साना उधोग मन्थलीमा दर्ता गर्ने निर्देशन दिएको छ । 


त्यस्तै उपभोक्ताको हितमा रहेर व्यवपार व्यवसाय गर्न पनि सुझाव प्रदान गरिए र ब्यपारीहरुको हितमा प्रकाशित ब्रुसार प्रदान गरिएको छ । 

अनुगमन टोलीले ७ वटा पसलबाट म्याद गुज्रेका सामाग्री जफत गरेको छ । 

जफत् कुन कुन पसलबाट के के सामाग्री गरियो हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));