जिल्लाकै सर्वाधिका पुरस्कार राशीको तेस्रो सुनापति अध्यक्ष कपमा लिखु तामाकोशी गाउँपालिकाको एतिहासिक जित

| चैत ८, २०७८ मंगलबार

A A A
A A A


९ चैत,रामेछाप । तेस्रो सुनापति ‘अध्यक्ष कप’ जिल्ला स्तरिय अन्तरपालिका भलिबल र ब्याड्मेन्टन प्रतियोगिताको उपाधि लिखु तामाकोशी गाउँपालिकाले उचालेको छ । 


गत चैत ५ गतेदेखि पालिकाको हिलेदेवीमा भएको प्रतियोगितामा लिखु तामाकोशी गाउँपालिकाको टिमले भलिबलतर्फको उपाधि हाँसिल गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 


निकै रोमाञ्चक बनेको खेलमा गोकुलगंगा गाउँपालिकालाई पछि पार्दै लिखु तामाकोशीले जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा बिजेता हाँसिल गरेको हो । योसंगै लिखुले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

 

त्यस्तै दोस्रो हुने गोकुलगंगा गाउँपालिकाले नगद १ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

 

यसैबीच रामेछाप नगरपालिका तेस्रो बनेको छ। उसले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ ।

 

सुनापति गाउँपालिकाको कृषि,पर्यटन प्रवर्धन गर्ने उद्देश्यले संचालन गरेको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा सान्त्वना बन्दै खाँडादेवी गाउँपालिकाले नगद २५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएकोमा चित्त बुझाएको छ। 

खेलमा ८ टिमसहभागी रहेको थियो । प्रतियोगितामा बिजेता टोलीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पुरस्कार प्रदान गरेका छन् । 

 

त्यस्तै  विभिन्न विधिमा समेत लिखु तामाकोशी गाउँपालिकाकै खेलाडीहरुले उत्कृष्ठ हुदै सम्नानित् भएका छन् । 


मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));