देश संघीयतामा गएपछि बागमती प्रदेश अन्तर्गत मध्ये हिमाली जिल्ला रामेछाप केन्द्रीय राजधानीबाट दूरीको हिसाबले नजीकै भएपनि विकासको दृष्टिकोणले पछाडि छ । विकास निर्माणबाट पछाडि परेको रामेछाप जिल्ला विस्तारै समृद्धिको बाटोमा लम्किदै छ । धार्मिक, सांस्कृतिक, पर्यटकिय, जातीय, भाषिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि आर्थिक र सहि नेतृत्वको हिसाबले सक्षम नेताको हातमा नपर्दा पछाडि परेको पुष्टि हुन्छ । तीन लालको जिल्ला, लिखु,सुनकोशी, तामाकोशी नदी, नुम्बुर हिमाल, पाँचपोखरी, जेठापोखरी, विभिन्न जडिबुट्टी, लोपनुमुख वन्यजन्तुहरु, महाभारतको एक महत्वपूर्ण भूमि शैलुङ लगाएतका ठाउँ चिरपरिचित् छन् । यी ठाउँको सहित प्रचार र सहि उपयोग भएको छैन् । हुन सकेको छैन् । हाम्रो कलम यीनीहरुलाई अगाडि ल्याउन र विकासमा टेवा पुर्याउने माध्यम बनाउन केन्द्रीत हुने छ ।

गाउँ-गाउँमा रहेको विकृती, विसंगतीका विरुद्ध लेख र रचनाको माध्यम पत्रकारीताबाट यहाँको विकास निर्माणमा टेवा पुर्याउने उदेश्यको साथ रामेछाप टाइम्स मिडिया प्रा.लिद्वरा संचालित यस रामेछाप टाइम्स डटकम (Ramechhaptimes.com) अनलाइन सञ्चालनमा ल्याइएको हो । ‘दीघकालीन सोचका साथ सधै ताजा र नयाँ समाचार’ मुल उद्देश्यका साथ हरेक पलको समाचार, सूचना र जानकारीको लागि रामेछापेलीले टेकेको भूमिसम्म र भुमीका समाचार उनीहरु सम्म पुर्याउने उद्देश्य हाम्रो हो । हामी जिल्लाको सम्रग विकास निर्माण, प्रगती द्रुगतीको बारेमा स्वच्छ, निश्चपक्ष र सत्य, तथ्य बाहिर ल्याउन तल्लिन रहेको जानकारी गराउदछौं ।

हामी पत्रकारीताको माध्यमबाट नैतिक, चारित्रिक र भौतिक विकासको बाटो सुनौलो र घाम जस्तै चम्किलो रहेको सबैमा स्पष्ट पार्न चहान्छौं । ‘रामेछाप टाइम्स’ आफैमा रामेछापको समय भनेर बुझ्दा राम्रो होला भन्ने हामी ठान्छौं । र पुष्टि गर्न चाहान्छौं । जो जिल्लाको रहेक समय, हरेक पल, हरेक ठाउँमा रहन्छ ।

हामी पत्रकारीताको आचरसंहिता भित्र रहेर देश र जनताको बोल्ने सूचनाको अधिकारलाई सबैको ओठमा पुर्याउने जमर्को गर्ने छौं । हामी विधि विधार र कानूनी प्रक्रिया सम्पूर्ण क्षेत्रबाट शुनिश्चित र सचेत छौं । 

हामीलाई भेट्नुहुने छ । 
Web : ramechhaptimes.com
YouTube : https://www.youtube.com/channel/UC55-sa5zNWxmAgMeOcvyA6Q
Facebook : www.facebook.com/ramechhaptimes
Twitter : https://twitter.com/MilanBk