प्रेस युनियन रामेछापले भन्यो – सदस्यता शुद्धीकरण र पत्रकार महासंघमा लागेको ताला विवाद तत्काल टुङ्ग्याउनू

| चैत २७, २०८० मंगलबार

फाइल फोटो ।
A A A
A A A

२७ चैत, रामेछाप । नेपाल प्रेस युनियन रामेछापले सदस्यता शुद्धीकरण लगायतका विवादको टुङ्गो नलगाई नेपाल पत्रकार महासंघको अधिवेशन मिति तोकेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

 

जिल्ला शाखाको कार्यालयमा प्रेस चौतारी रामेछापले ताला लगाएको स्मरण गराउँदै युनियनले सोमबार महासंघमा ताला लागेको, सदस्यता शुद्धीकरण टुङ्गो नलागेको लगायतका विषय नटुङ्गिँदा सम्म अधिवेशन गर्न नसक्ने ठहर गरेको हो । 

 

महासंघका जिल्ला अध्यक्ष बन्द्री नयाँघरेलाई केन्द्रले अधिवेशन तोकेको बारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रेस युनियन रामेछापले भनेको छ ‘सदस्यता शुद्धीकरण विषयलाई विभिन्न वाहानामा अतिरञ्जित गर्ने र महासंघको सदस्य तथा मतदाताको टुङ्गो नलगाई अधिवेशन गर्न लागेकोमा युनियनको ध्यानाकर्षण भएको छ ।’

 

साथै युनियनले यथाशक्य महासंघको शाखामा देखा परेको समस्याको समाधान गरी कार्यालयमा लागेको ताल्चा खुलाई महासंघको गतिविधिलाई संचालनमा ल्याउन आग्रह गर्दै सम्बन्धित निकायबाट कुनै पहल कदमी नभए आगामी दिनमा नेपाल प्रेस युनियन आवश्यक कदम चाल्न बाध्य हुने समेत चेतावनी दिएको छ । 

 

रामेछाप टाइम्स
| बैशाख १६, २०८१ आइतबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));