जिल्ला प्रहरी कार्यालय नजिकैको जनक श्रेष्ठको घरमा आगोलागि, कति भयो क्षति ? (भिडिओ)

| फागुन १६, २०८० बिहिबार

A A A
A A A

१७ फागुन, रामेछाप । बुधवार साँझ मन्थली बजार छेउ प्रहरी कार्यालय नजिक एक घरमा भीषण आगो लागेको छ । आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, मन्थली नगरपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा करिब डेढ घण्टामा नियन्त्रणमा लिएको छ । 

 

बुधवार साँझ राति करिब ८ बजे सल्किएको आगो जनक श्रेष्ठको कच्ची घरमा लागेको हो । आगोलागिबाट कुनै मानवीय क्षति नभए पनि घर लगबग पूर्ण रूपमा जलेको छ । 

 

आगो के कारणले लागेको र क्षति कति भयो भन्ने राति भएकाले स्पष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । त्यसबारेमा बिहीबार थप अनुसन्धान गरिने उनको भनाई छ । 

 

मन्थली स्थित नेपाल विद्युत् वितरण केन्द्रको कार्यालय तल्लो पट्टिको घरमा आगोलागेपछि आगो नियन्त्रणमा लिउन जेल आसपासका क्षेत्रमा बिजुली सेवा समेत अवरुद्ध भएको थियो । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));